Technology Khabar ३ फाल्गुन २०७४, बिहीबार
काठमाडौं ।
काठमाडौं, ३ फागुन । ओपोले नेपाली उपभोक्ताका लागि ओपो एफफाइभ (Oppo F5)को ‘ड्यासिङ ब्ल्यू लिमिटेड एडिशन’ (Dashing Blue Limited Edition) सार्वजनिक गरेको छ ।
लिमिटेड एडिशनका रुपमा ३६ हजार ४ सय ९० रुपैयाँ मूल्य निर्धारण गरिएको नयाँ फोन कम्पनीको नेपालभर रहेका अफलाइन विक्रि केन्द्रमार्फत उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ ।
‘हाम्रा उपभोक्तालाई उपहार प्रदान गर्न केही विशेष उपलब्ध गराउने सोचका साथ प्रेमको पवित्रताको प्रतिकका रुपमा लिइने नीलो रंगमा ओपो एफफाइभको ड्याशिङ ब्ल्यू एडिशन सार्वजनिक गरेका छौँ । नयाँ उत्पादनले हाम्रा उपभोक्ताको मागलाई केही हद सम्म भएपनि सम्बोधन गर्ने र तिनले यसलाई विगतमा झैँ रुचाउने हामीले आशा लिएका छौँ’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले भने ।
आकर्षक नीलो रंगमा सार्वजनिक यो फोनले एफफाइभको लोकप्रियतालाई थप उचाईँ प्रदान गर्ने कम्पनीको विश्वास छ ।
विश्वभरका उपभोक्ता र तिनमा पनि विशेष गरी यूवा पुस्ता लक्षित ब्राण्डका रुपमा ओपो एफफाइभ ब्ल्यू लिमिटेड एडिशनले ओपोको फेशन, सुन्दरता र रोमान्सप्रतिको झुकावलाई प्रतिविम्वित गर्छ ।
प्रकाश पर्दा ऐना झैँ तल्किने चहकिलो ब्ल्यू ईफेक्ट सहितको ब्याक प्यानल प्रिमियम लुक्सले सुसज्जित छ । क्लासिक र बोल्ड रंगमा उपलब्ध गरिएको ओपो एफफाइभ ड्याशिङ ब्ल्यू लिमिटेड एडिशनले पृथक फेशन स्टाइल दिनुका साथै फोन प्रयोगकर्ताहरु माझ तपाईँको ब्यक्तित्वको सफल चित्रण दिन सघाउने कम्पनीको दाबी छ ।
प्रकाशित: ३ फाल्गुन २०७४, बिहीबार