जिरो डाउन पेमेन्टमै ‘माइक्रोम्याक्स क्यानभास इन्फिनीटि’ किन्न पार्इने

  • Technology Khabar | ३ फाल्गुन २०७४, बिहीबार
जिरो डाउन पेमेन्टमै ‘माइक्रोम्याक्स क्यानभास इन्फिनीटि’ किन्न पार्इने

काठमाडौं ।

काठमाडौं, ३ फागुन । माइक्रोम्याक्स ब्राण्डको नेपालको लागि आधिकारिक बिक्रेता पशुपति ट्रेड लिंक प्रालिसँगको सहकार्यमा सुन्धारास्थित इजि मोबाइल केयर प्रालिले माइक्रोम्याक्स क्यानभास इन्फिनीटि मोवाइल फोन सरल किस्ताबन्दिमा उपलब्ध गराउने भएको छ ।

कम्पनीले हाल नेपाली बजारमा लोकप्रिय मोडल HS2 सुरुमा पैसा नलिइ मासिक किस्तामा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्र्तगत ग्राहकहरुले माइक्रोम्याक्सका सबै मोडलका मोवाइल फोनहरु शुन्य प्रतिशत डाउन पेमेन्टमा बिनाब्याज खरिद गर्न सक्नेछन् । किस्ताबन्दीको अवधि ६ महिना, १२ महिना र १८ महिना रहने जानकारी कम्पनीले दिएको छ ।

यो सेवा इजि मोबाइल केयरको स्टोर न्यूरोड ताम्राकार मोबाइल कम्पेल्क्सको पाँचौ तला र सिटिसि मलको चौथो तलामा उपलब्ध हुनेछ ।

ग्राहकले केवल १८ हजार ५ सय रुपैयाँको मोवाइल फोन किस्ताबन्दीमा आफ्नो बनाउन सक्नेछन् ।

माइक्रोम्याक्स Canvas Infinity स्मार्टफोनका ग्राहकहरुले फोनको खरिदमा एउटा पारदर्शी कभर निशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: ३ फाल्गुन २०७४, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार