ग्लोबल आइएमई बैंकद्धारा वित्तिय साक्षरता कार्यक्रम आयोजना

  • Technology Khabar | १४ माघ २०७४, आईतवार
ग्लोबल आइएमई बैंकद्धारा वित्तिय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं ।

काठमाडौं, १४ माघ। ग्लोबल आइएमई बैंकले ११ औँ वार्षिकोत्सवको अवसरमा माघ १३ गते शनिबार वित्तिय साक्षरता जगाउने उद्धेश्यले बाग्लुङ्ग जिल्लाको बुर्तिबाङ्गमा “वित्तिय साक्षरता कार्यक्रम” संचालन गरेको छ ।

बुर्तिबाङको बुद्ध सिनेमा हलमा सम्पन्न उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंकका तालिम तथा बैंक बिज्ञ पुर्णमान नापितले बुर्तिबाङ क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीयबासीहरुलाई बैंक तथा वित्तियको बारेमा जानकारी गराए ।

कार्यक्रममा १०० जना भन्दा बढीको उपस्थिति थियो । सहभागीहरुले बैंकले आयोजना गरेको वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेर बैंक तथा वित्तिय संस्थाको आवश्यकता र औचित्यको बारेमा जानकारी प्रदान गरेकोमा बैंक प्रति आभार व्यक्त गरेका थिए । साथै उनिहरुले ग्लोबल आइएमई बैंकले प्रदान गर्ने विभिन्न सेवाहरुको बारेमा जानकारी समेत लिएको बैंकले जानकारी दिएको छ ।

यसका साथै बैंकले माघ १३ गतेदेखि नै बाग्लुङ्ग जिल्लाको निसीेखोला गाउँपालिका २, जुग्गाखोलामा आफ्नो ६५ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । सो स्थानमा खोलिएको सेवाको लागि स्थानिय अनिल कुँवरलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले ११३ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ६५ शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दे आइरहेको छ ।

प्रकाशित: १४ माघ २०७४, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...