एप्पलले माफी माग्यो आइफोन प्रयोगकर्तासँग, अब ब्याट्री फेर्न सस्तो पर्ने

Technology Khabar १४ पुष २०७४, शुक्रबार

काठमाडौं ।

काठमाडौं, १४ पुस । अमेरिकी टेक कम्पनी एप्पलले केहि साता अगाडि पुराना आईफोनहरुको कार्यक्षमतालाई कम गरेको विषय सार्वजनिक भएपछि त्यसले अहिले कम्पनीलाई समस्या भएको छ।

पुराना आइफोनको परफरमेन्सलाई कमगर्न कम्पनीले विशेष फिचर राखेपछि त्यसले विश्वभर आइफोन प्रेमीहरु रिसाएका छन् ।

आइफोन प्रयोगकर्ताहरुले कम्पनीका विरुद्धमा निरन्तर मुद्धा दायर गरिरहेका छन् । जसले गर्दा कम्पनीले हालै आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेको छ ।

कम्पनीले आफुले आइफोनको प्रोसेसरलाई स्लो बनाएकोमा आलोचना भएपछि एप्पलले माफी मागेको हो ।

कम्पनीले यसअघि लिथियम आयनद्धारा निर्मित ब्याट्री भएको पुरानो आइफोनलाई अनावश्यकरुपमा बन्द हुनबाट बचाउन यस्तो गरिएको दाबी गरेको थियो ।

तर अब कम्पनीले यसको ब्याट्री बदल्नको लागि नयाँ योजना ल्याएको छ, जसमा सन् २०१८ मा कम्पनीले यस्तो सफ्टवेयर ल्याउनेछ, जसबाट आइफोन यूजरले आफ्नो फोनको ब्याट्री लाइफमा ध्यान राख्नेछ ।

निकै समयअघिदेखि नै कम्पनीले नयाँ फोन खरिद बढाउनका लागि पुराना फोनहरुलाई स्लो गरिदिने गरेको आइफोन यूजरहरुले आशंका गर्दै आएका थिए ।

अब आइफोनले त्यो विषयलाई ध्यानमा दिएर यसको ब्याट्रीको मूल्य घटाएको छ । कम्पनीले वारेन्टीभन्दा बाहिर रहेको ब्याट्रीलाई बदल्नका लागि तोकेको ७९ अमेरिकी डलरलाई क मगर्दै २९ डलर कायम गर्ने निर्णय गरेको छ । यो छुट आइफोन सिक्स तथा त्यसपछि आएका नयाँ फोनहरुमा लागू हुनेछ ।

आइफोनलाई स्लो बनाएको एप्पलले स्वीकार गरेपछि कम्पनीका विरुद्धमा अमेरिकामा मात्रै ८ वटा मुद्धा दायर भईसकेका छन् ।

प्रकाशित: १४ पुष २०७४, शुक्रबार

तपाइको प्रतिक्रिया