ओपो एफफाइभ बजारमा, ३४ हजार रुपैयाँ पर्ने फूल स्क्रिन डिस्प्ले फोन

  • Technology Khabar | २९ कार्तिक २०७४, बुधबार

काठमाडौं ।

काठमाडौं, २९ कार्तिक। ओपो मोबाइल्सले नेपाली बजारमा आफ्नो नयाँ मोडल ओपो एफ फाइभ (Oppo F5) सार्वजनिक गरेको छ । साथै, आफ्नो पुरानो ब्राण्ड स्लोगनलाई नेपाली बजारमा आफुले प्राप्त गरेको सफलतासँग मेल खाने किसिमले ‘सेल्फी एक्स्पर्ट एण्ड लिडर’ मा परिस्कृत गरिएको घोषणा समेत गरेको छ ।

३० वटा देशमा उपस्थित ओपोका उत्पादन तथा सेवालाई विश्वभरका २० करोड भन्दा बढी यूवा उपभोक्ताहरुले मनपराइ उपयोग गरिरहेको कम्पनीले दाबी गरेको छ ।

सार्वजनिक गरिएको ओपो एफफाइभ नेपाली बजारमा ब्राण्डकै पहिलो एफएचडी+ फूल स्क्रिन डिस्प्ले मोडल हो । यसमा कम्पनीले अत्याधुनिक एआई ब्यूटी (सेल्फीमा रहेका ब्यक्तिका लागि विशेष ब्यक्तिगत आधारमा ब्यूटिफिकेशन उपलब्ध गराउने) प्रविधि उपलब्ध गराएको छ । यो प्रविधिले सेल्फी फोटोग्राफीको गुणस्तरलाई नै नयाँ आयाम प्रदान गर्ने कम्पनीको दावी छ ।

३३ हजार ९ सय ९० रुपैयाँ मूल्य रहेको ओपो एफफाइभ नोवेम्बर १५ देखि नेपाल भरका प्रमुख मोबाइल विक्रेता तथा विक्रि केन्द्रमार्फत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

एफफाइभ सार्वजनिक गर्न आयोजित कार्यक्रम मार्फत नै कम्पनीले यूवा पुस्तालाई छनोटको थप अवसर प्रदान गर्ने सोचका साथ एफफाइभ सिक्स जीबी एडिशन र एफफाइभ योथका बारेमा पनि संक्षिप्त परिचय दिइएको थियो । यी दूई संस्करण भने आउने महिनाहरुमा क्रमिक रुपमा सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ ।

सार्वजनिक समारोहमा नेपाल आइडलका उत्कृष्ट तीन प्रतिस्पर्धीहरु बुद्ध लामा, निशान भट्टराई र प्रदाप दासले सांगितिक प्रस्तुती दिएका थिए ।

‘हाम्रो नयाँ भेट एआई ब्यूटी प्रविधि सुसज्जित सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफफाइभले सबैको समग्र माग तथा आवश्यकताको पूर्ति गर्ने हामीले विश्वास लिएका छौँ,’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले भने ।

प्रकाशित: २९ कार्तिक २०७४, बुधबार

तपाइको प्रतिक्रिया