Technology Khabar २१ चैत्र २०७३, सोमबार
काठमाडौं ।
काठमाडौं, २१ चैत । एप्पलले नयाँ आइफोन सन् २०१७ भित्रै सार्वजनिक गर्ने तयारी गरिरहँदा यसको बारेमा विभिन्न समाचारहरु आई नै रहेका छन् । कम्पनीले यो वर्षभित्र तीनवटा नयाँ आइफोनहरु ल्याउने तयारी गरिरहेको छ ।
हालै आएको एक रिपोर्टअनुसार एप्पलले तीनवटै नयाँ आइफोनहरुमा ट्रू टोन डिस्प्ले प्रविधि प्रयोग गर्ने योजना लिएको छ । यो नयाँ डिस्प्ले प्रविधि आइफोन सेभेन एस, आइफोन सेभेन एस प्लस तथा आइफोन एसमा राखिनेछ ।
यस्तो प्रविधिसहितको डिस्प्ले यसअघि एप्पलले आइप्याड प्रो ९.७ इन्चमा प्रयोग गरिसकेको छ ।
यो नयाँ रिपोर्टअनुसार एप्पलले आइफोन ८ मा फेसियल रिकोग्निसन र अग्यूमेन्टेड रियालीटीका फिचरका लागि थ्रीडी सेन्सर राख्ने अपेक्षा गरिएको छ ।
त्यसैगरि विभिन्न विश्लेषकहरुकाअनुसार यो वर्ष आउने नयाँ आइफोनहरुमा सबैकिसिमका सेन्सरहरु रहनेछन् । यसमा ट्रू कलर डिस्प्ले लागि प्रयोग हुने एम्बिएन्ट लाइट सेन्सर हुनेछ, जून अस्ट्रीयन सेमिकण्डक्टर उत्पादक कम्पनी एएमएसले आपूर्ति गर्नेछ ।
यसअघि नै एप्पलले ट्रू टोन डिस्प्ले प्रविधि आइफोन सेभेन तथा आइफोन सेभेन प्लसमा नै राख्ने अपेक्षा गरिएको थियो ।
यसका साथै नयाँ आउने आइफोन एटमा ओएलईडी डिस्प्ले प्रयोग हुनेछ भने यसमा दुईवटा कटम थ्रीडी सेन्सरहरु हुनेछन् ।
प्रकाशित: २१ चैत्र २०७३, सोमबार