Technology Khabar १ मंसिर २०७३, बुधबार
काठमाडौं ।
काठमाडौं, १ मंसिर । सामसंगले नयाँ ट्याबलेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सन् २०१७ को पहिलो चौमासिकमा सार्वजनिक गर्ने गरी ग्यालेक्सी ट्याब एस ३ (Galaxy Tab S3) ल्याउन लागेको हो, जुन हालै भारतमा आयात गरिएको पाईएको छ ।
भारतीय आयात ट्राकर जौबामा सामसंग ग्यालेक्सी एस ३ ट्याबको जानकारी देखिएको छ । यसमा ट्याब एस ३ को एलटिई (LTE) संस्करण भारतमा आयात गरिएको देखिएको छ । अनुसन्धान तथा विकासका लागि भनेर भारतमा आयात गरिएको उक्त ट्याबको ८ यूनिट रहेको छ ।
सामसंगले आगामी वर्षको पहिलो चौमासिकमा वाईफाई मात्रै भएको र एलटिई संस्करण दुबै ट्याब एस ३ ल्याउन लागेको बताईएको छ । दुबैमा ९.७ इन्चको एमोलेड डिस्प्ले राखिने अनुमान छ ।
हाल भारतमा परिक्षणको लागि ल्याईएका यी ट्याबको मूल्य प्रति यूनिट भारु. ३४,१३८ रहेको छ।
प्रकाशित: १ मंसिर २०७३, बुधबार