सामसंग ग्यालेक्सी ट्याब प्रो एस गोल्ड भर्सनमा, ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज

Technology Khabar ३० आश्विन २०७३, आईतवार

काठमाडौं ।

काठमाडौं, ३० असोज । सामसंगले अमेरिकी बजारमा ग्यालेक्सी ट्याब प्रो एस गोल्ड एडिसन (Galaxy Tab Pro S Gold Edition) सार्वजनिक गरेको छ । कम्पनीले यसअघि सार्वजनिक भएको ट्याब प्रो एसको नयाँ संस्करण ल्याएको हो । नयाँ ट्याबमा मेमोरी तथा स्टोरेजमा वृद्धि गरिएको छ भने यो टू इन वान ट्याब गोल्ड कलरमा मात्र उपलब्ध छ ।

ग्यालेक्सी ट्याब प्रो एस गोल्ड एडिसनमा विण्डोज १० मा आधारित ट्याबमा १२ इन्चको सूपर एमोलेड टचस्क्रीन रहेकोछ, जसमा २१६०x१४४० पिक्सेल रिजोल्यूशन छ । यो ट्याबमा २.२ गीगाहर्जको इन्टेल कोर एम ३ प्रोसेसर छ भने ८ जीबीको र्याम तथा २५६ जीबीको एसएसडी रहेको छ ।samsung-galaxy-tabpro-s-gold-edition-02

यसमा फोटोका लागि ५ मेगापिक्सेलको रियर तथा फ्रन्ट क्यामरा राखिएको छ भने रियर क्यामरामा अटोफोकस फीचर छ भने एचडी भिडियो रेकर्डिंग गर्न सकिन्छ ।

यसमा वाईफाई, ब्लूटूथ ४.१, यूएसबी ३.१, टाइप ए पोर्ट तथा यूएसबी ३.१ पोर्ट विथ टाइप सी कनेक्टर रहेको छ ।

यो ट्याबमा ५२०० एमएएचको ब्याट्री राखिएको छ भने यो २.५ घण्टामा चार्ज हुने कम्पनीको दाबी छ ।

ग्यालेक्सी ट्याब प्रो एस गोल्ड एडिसन झिक्न मिल्ने कि बोर्ड कभरसहित उपलब्ध हुनेछ । यसको लागि ट्याब प्रो पेन ‘स्टायलस’ पनि प्रयोग गर्न सकिनेछ ।

अमेरिकी बजारमा यो ट्याबको मूल्य ९९९.९९ अमेरिकी डलर तोकिएको छ ।

स्रोत माध्यम

प्रकाशित: ३० आश्विन २०७३, आईतवार

तपाइको प्रतिक्रिया