सुबिसुको सेल्स आउटलेट “सुविसु स्टेशन” डिल्लीबजारमा

  • Technology Khabar | २० आश्विन २०७३, बिहीबार
सुबिसुको सेल्स आउटलेट “सुविसु स्टेशन” डिल्लीबजारमा

काठमाडौं ।

काठमाडौं, २० असोज । इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रा. लि. ले आफ्नो चौथो सेल्स आउटलेट “Subishu Station” काठमाडौंको डिल्लीबजार सञ्चालन गरेको छ ।

उक्त स्टेशनबाट सुबिसुले डिल्लीबजार तथा यस क्षेत्र वरिपरिका ग्राहकहरुलाई सुविसु रिटेल सेवासँग सम्बन्धित सम्पुर्ण जानकारीहरु प्रदान गर्ने, सो सेवाहरुको विक्रि तथा वितरण साथै बिक्रीपछिको सेवा आफ्ना दक्ष तथा अनुभवि कर्मचारीहरुबाट प्रदान गर्ने जनाएको छ ।

नयाँ स्टेशनको को स्थापनासँगैं हाल Subishu Station हरु ललितपुरको झम्सीखेल, काठमाण्डौंको रानीबारी, सुकेधारा र दिल्लीबजारमा रहेका छन् । साथै आगामी दिनहरुमा आफ्ना बिभिन्न क्षेत्रका ग्राहकहरुको आवश्यकता परिपूर्ती गर्न बिभिन्न स्थानहरुमा थप आउटलेटहरु स्थापना गर्ने योजना रहेको छ ।

प्रकाशित: २० आश्विन २०७३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार