मेगा बैंकको ‘नानीमा लागेको बानी’ अभियान घोषणा

Technology Khabar २० भाद्र २०७३, सोमबार

काठमाडौं ।

काठमाडौं, २० भदौ । मेगा बैंक नेपालले सानै उमेरदेखि बचत संस्कृति विकास गर्ने उद्देश्यले ‘नानीमा लागेको बानीः आज बचाउँ– जिन्दगीभरी रमाउँ’ नामक अभियानको घोषणा गरेको छ ।

सोमबार एक कार्यक्रमका बीच मेगा बैंकका सिइओ अनिलकेशरी शाहले अभियानको घोषणा गरे । समाजका सबै तहमा बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने नेपाल सरकारको उद्देश्यलाई ध्यानमा राखी मेगा बैंकले यो अभियान ल्याएको सिइओ शाहले बताए । उनले भने– ‘सानो उमेरदेखि नै बचत गर्ने बानी विकास भएमा जिन्दगीभर त्यो बानी रहिरहन्छ । अन्य मुलुकको तुलनामा नेपालको बचत दर अत्यन्त न्यून रहेको तथ्यलाई ध्यानमा राख्दै बचत संस्कृतिको विकास गर्न हामीले यो अभियान सुरु गरेका हौँ ।’

यो अभियानलाई सार्थक बनाउन बैंकले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र चर्चित अभिनेत्री प्रियंका कार्कीलाई ‘मेगा सेभिङ स्टार’ नियुक्त गरेको छ ।

‘हलोदेखि हाइड्रोसम्म’लाई आफ्नो मुख्य नारा बनाउँदै आएको मेगा बैंकले यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत युवा तथा बालबालिकाको क्षेत्रमा लगानी गर्दै आएको छ ।

मेगा बैंकको एउटा एक्सटेन्शन काउन्टरसहित ४५ वटा शाखा कार्यालय रहेका छन् । यसैगरी, ४५ वटा एटीएम सञ्जाल छन् । देशका ५४ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले १३ सय भन्दा बढी स्थानमा मेगा रेमिटको सञ्जाल विस्तार गरेको जनाएको छ ।

प्रकाशित: २० भाद्र २०७३, सोमबार

तपाइको प्रतिक्रिया