Technology Khabar ९ भाद्र २०७३, बिहीबार
काठमाडौं ।
काठमाडौं, ९ भदौ । मेजूले मिड बजेट रेन्जका दुईवटा स्मार्टफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले मेजू यू १० (Meizu U10) तथा यू २० (Meizu U20) स्मार्टफोन सार्वजनिक गरेको हो ।
मेजू एम १० स्मार्टफोनमा ५ इन्चको आईपीएस डिस्प्ले राखिएको छ भने यसमा अक्टा कोर प्रोसेसर छ । फोनमा २ जीबीको र्याम तथा १६ जीबीको आन्तरिक स्टोरज राखिएको छ । त्यस्तै यसको अर्को भर्सनमा ३ जीबी र्याम तथा ३२ जीबीको स्टोरेज रहेको छ । फोनमा २,७६० एमएएचको ब्याट्री छ भने फोटोका लागि १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।
कम्पनीले सार्वजनिक गरेको अर्को फोन मेजू यू २० मा भने ५.५ इन्चको एचडी डिस्प्ले राखिएको छ । यसमा २.५ डी कभ्ड ग्लास राखिएको छ भने यो पनि अक्टा कोर प्रोसेसरद्धारा संचालन हुन्छ । यो फोनको पनि दुई भर्सन छन् । पहिलोमा २ जीबी र्याम तथा १६ जीबी स्टोरेज तथा अर्को ३ जीबी र्याम तथा ३२ जीबी स्टोरेज रहेको छ । मेजू यू २० स्मार्टफोनमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । यसमा ३,२६० एमएएचको ब्याट्री प्याक राखिएको छ ।
दुबै स्मार्टफोनहरु ह्वाइट क्रिसेन्ट, स्काई ब्ल्याक, शाम्पेन गोल्ड तथा रोज गोल्ड कलर अप्सनमा आउँछन् । यी फोनहरुको पछाडिको भागमा फिंगरप्रिन्ट सेन्सर राखिएको छ जसले फिंगरप्रिन्ट पेमेन्ट गर्न सकिन्छ । यू १० तथा यू २० स्मार्टफोनमा फोरजी सपोर्ट रहेको छ ।
मेजूको यू १० स्मार्टफोनको १६ जीबी भर्सनको मूल्य ९९९ यूआन अर्थात करिब १५० अमेरिकी डलर तथा ३२ जीबी भर्सनको मूल्य १,१९९ यूआन अर्थात करिब १८१ अमेरिकी डलर तोकिएको छ । त्यस्तै मेजू यू २० को मूल्य १६ जीबी भर्सनको १,०९९ यूआन अर्थात करिब १६६ अमेरिकी डलर तथा ३२ जीबी भर्सनको मूल्य १,२९९ अर्थात करिब १९२ अमेरिकी डलर तोकिएको छ ।
दुई नयाँ स्मार्टफोन मध्ये मेजू यू २० स्मार्टफोन अगस्ट २८ तारिखदेखि किन्न सकिन्छ भने मेजू यू १० स्मार्टफोन सेप्टेम्बर १८ तारिखदेखि किन्न सकिन्छ । यी दुबै फोनहरु हाल चीनियाँ बजारमा मात्र उपलब्ध छन् ।
प्रकाशित: ९ भाद्र २०७३, बिहीबार