Technology Khabar २३ जेष्ठ २०७३, आईतवार
काठमाडौं ।
काठमाण्डौं, २३ जेठ । माइक्रोम्याक्सले क्यानभास सिरिजमा फोरजी सपोर्ट गर्ने सस्तो ट्याबलेट ल्याएको छ । कम्पनीले भारतीय बजारका लागि फोरजी भ्वाइस कल गर्न सकिने क्यानभास ट्याब पी ७०१ (Canvas Tab P701) लन्च गरेको हो ।
माइक्रोम्याक्सको क्यानभास ट्याब पी७०१ मा ७ इन्चको स्क्रीन राखिएको छ भने मिडिया टेकको क्वाड-कोर प्रोसेसर राखिएको छ । यो ट्याबमा १ जीबीको र्याम तथा ८ जीबीको इन्टरनल मेमोरी राखिएको छ, जसलाई माइक्रो एसडी कार्डद्धारा बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।
क्यानभास ट्याब पी ७०१ मा एलईडी फ्ल्याशसहितको ८ मेगापिक्सेलको अटोफोकस रियर क्यामरा छ भने २ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।
यो ट्याबमा कनेक्टिभिटीका लागि फोरजी एलटिई, वाईफाई, ब्लूटूथ तथा माइक्रो यूएसबी कनेक्टर राखिएको छ ।
यसमा ३,५०० एमएएचको ब्याट्री राखिएको छ, जसले १५ घण्टासम्मको टक टाइम ब्याकअप दिने कम्पनीको दाबी छ ।
एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा आधारित यो ट्याबमा ड्यूल सिम सपोर्ट गर्दछ । भारतीय बजारमा मात्र हाल उपलब्ध हुने यो ट्याबको मूल्य भारु ७,२५० तोकिएको छ, जुन ब्लू तथा ग्रे कलरमा फ्लीपकार्टमा मात्र उपलब्ध हुनेछ ।
प्रकाशित: २३ जेष्ठ २०७३, आईतवार