हुवावेले नेपालमा स्मार्टफोनहरुको मूल्य घटायो

  • Technology Khabar | १९ जेष्ठ २०७३, बुधबार
हुवावेले नेपालमा स्मार्टफोनहरुको मूल्य घटायो

काठमाडौं ।

काठमाडौं, १९ जेठ । ह्वावेले नेपालमा केहि स्मार्टफोनहरुको मूल्य घटाएको छ । कम्पनीले मेट ८ को बिक्री ४ मिलियन पुगेको उपलक्ष्यमा स्मार्टफोनहरुको मूल्य घटाएको हो ।

ह्वावेले जुन १ तारिखमा विश्वभर मेट ८ स्मार्टफोन ४० लाख यूनिट पुगेको जानकारी दिएको छ । यसका साथै ह्वावेको माथिल्लो तहको स्मार्टफोनहरु पी ८ तथा मेट सेभेनपनि ग्राहकहरुले निकै रुचाएको जानकारी दिएको छ । सन् २०१५ मा ह्वावेले पी ८ स्मार्टफोन ५० लाख यूनिट तथा मेट सेभेन स्मार्टफोन ७० लाख यूनिट बिक्री गरेको उल्लेख गरेको छ ।

ह्वावेले नेपाली बजारमा विभिन्न ९ मोडलका स्मार्टफोनहरुको मूल्य आजदेखि लागू हुने गरी घटाएको हो । ह्वावेले मेट ८ को नयाँ मूल्य ७१ हजार ९९९ रुपैंया, जीआर ५ स्मार्टफोनको नयाँ मूल्य २६ हजार ४९९ रुपैंया, जीआर ३ स्मार्टफोनको मूल्य १९ हजार ९९९ रुपैंया, वाई सिक्स प्रोको १७ हजार ९९९ रुपैंया, वाई सिक्स सिडिएमएको १८ हजार ९९९ रुपैंया, जी प्ले मिनीको १६ हजार ९९९ रुपैंया, वाई सिक्स गोल्डको १४ हजार ९९९ रुपैंया, वाई ५ सी ८ हजार ४९९ रुपैंया तथा ह्वावेको वाई ३ सीको मूल्य ६ हजार ९९९ रुपैंया तोकेको जारी विज्ञप्तिमा उल्लेख छ ।

ह्वावेका उत्पादनहरु हाल १७० भन्दा बढि मुलुकहरुमा उपलब्ध रहेको र सन् २०१५ को आधारमा तेस्रो मोबाइल ब्राण्ड रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: १९ जेष्ठ २०७३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...