Technology Khabar २८ बैशाख २०७३, मंगलवार
काठमाडौं ।
काठमाडौं, २९ वैशाख । एप्पलले सार्वजनिक गरेको ४ इन्चको आईफोन एसईको चर्चाका बिचमा नै नयाँ आईफोन सेभेन (iPhone 7) को स्क्रीन साइजको बारेमा जानकारी बाहिर आएको छ ।
एप्पलले सानो स्क्रीन मन पराउने ग्राहकहरुलाई ध्यानमा राखेर ल्याएको ४ इन्चको आईफोन एसईले (iPhone SE) कम्पनीलाई त्यति उत्साहित बनाएन् । त्यसैले गर्दा आउन लागेको आईफोन सेभेनको स्क्रीन साइज पनि ठूलो हुने भएको छ । एप्पलले ल्याउने आईफोन सेभेनको स्क्रीन साईज ४.७ इन्चको हुनेछ ।
हालै एप्पलको डिभाइजको बारेमा विभिन्न जानकारी दिने वनलीक्सले आईफोन सेभेनको भनिएको पछाडिको कभरको तस्वीर सार्वजनिक गरेको छ ।
नयाँ आईफोनको साइज हाल रहेको आईफोन सिक्स एसको साइजको एक मिलिमिटरको दशौं गुणा सानो हुनेछ ।
एप्पल आईफोन सेभेनको साइज १३८.३० लम्बाई तथा ६७.१२ चौंडाईको हुनेछ । तर यो कति मोटाईको हुन्छ भन्ने जानकारी छैन् । हाल आईफोन सिक्स एसको मोटाई ७.१ मिलिमिटर मात्र छ भने नयाँ आईफोन यो भन्दा अझ पातलो हुने चर्चाहरु बेला बेलामा आईरहेका छन् । आईफोन सिक्स एसलाई एप्पलको सबैभन्दा पातलो फोन भनेर चिनिन्छ भने आईपड टचलाई सबैभन्दा पातलो एप्पल डिभाइसको रुपमा जानिन्छ ।
आईफोन सेभनमा एप्पलले ३.५ मिलिमिटरको अडियो ज्याक राख्ने सूचना लीक भएको थियो भने त्यसअघि अडियो ज्याक आईफोनलाई पातलो बनाउन हटाउन सक्ने अनुमान रहेको थियो ।
प्रकाशित: २८ बैशाख २०७३, मंगलवार