सामसङ मोबाइलको दुइ मोडल बजारमा

  • Technology Khabar | २६ श्रावण २०७१, सोमबार
सामसङ मोबाइलको दुइ मोडल बजारमा

काठमाडौं ।

काठमाडौं, २६ साउन । नेपालको लागि सामसङ मोबाइलको आधिकारीक वितरक आइएमएसले सामसङको दुई नयाँ मोबाइल फोन बजारमा ल्याएको छ । आइएमएसल ग्यालेक्सी स्टार–२ र ग्यालेक्सी स्टार एड्भान्स नेपाली बजारमा ल्याएको छ। दुई सिम हाल्न मिल्ने ग्यालेक्सी स्टार–२ मा ३.५ इन्चको डिस्प्ले , एक गिगाहर्जको प्रोसेसर र एन्ड्रोइड४.४.२ किट केट रहेको छ। यसमा दुई मेगा पिक्सेलको क्यामेरा, ५१२ एमबिकोर्‍याम, चार जिबिको मेमोरी र १३०० एमएएचको ब्याट्रि रहेको छ। नेपाली बजारमा स्टार–२ को मूल्य आठ हजार तीन सय ९० रुपैयाँ पर्छ।

ग्यालेक्सी स्टार एड्भान्समा रहेको १.२ गिगाहर्जको डुअल कोर प्रोसेसर रएन्ड्रोइड ४.४.२ किट केटले यसको प्रदर्शन क्षमतालाई उच्च बनाउँछ। साथै, यसमा रहेको ४.३ इन्चको स्क्रिनले मोबाइल गेम्स खेल्न, भिडियो हेर्न र अरु विभिन्न काममा विशेष अत्यन्त विशिष्ट प्रदर्शन दिन्छ। ३.२ मेगा पिक्सेलको क्यामेरा र एलइडि फ्ल्यास भएको यस मोबाइलको मूल्य १० हजार नौं सय रुपैयाँ पर्ने कम्पनीले जनाएकोछ ।

प्रकाशित: २६ श्रावण २०७१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार