तेरियाको डिआइडी यात्रा

  • Technology Khabar | २९ असार २०७१, आईतवार
तेरियाको डिआइडी यात्रा

काठमाडौं ।

उनको सफलतामा परिवारमात्र रमाएन पूरा देशले नै हर्षोल्लास मनायो। डिआइडीमा पुगेर प्रथम उपाधि पाउने उनी पहिलो नेपाली बालिका पनि हुन्। उपाधि जितैसँगै उनलाई सम्मान गर्नेहरूको ताँती लाग्न थालेको छ।
‘एकदमै खुसी लागेको छ। मैले आफ्नो सपना पूरा गर्न पाएँ,’ तेरियाले नागरिकसँग हौसिँदै भनिन्, ‘राम्रो नाचेकै कारण बाबा–मम्मी खुसी हुनुहुन्छ। मैलै देशको नामलाई अझै चिनाएजस्तो लाग्छ।’ छ महिना लामो भारत बसाइका कारण उनको लबज पनि फेरिएको छ। उनको बोलीमा कताकता हिन्दी टोन मिसिएझैं लाग्छ।
सुरुमा तेरिया डिआइडीमा जाने सुन्दा छिमेकीहरूले नाक खुम्चाएछन्। तेरियाकी आमा अनिताले सुनाइन्, ‘त्यत्रो ठूलो देशमा गएर यसले के गर्ली भन्दै छिमेकी पत्याउँदैन थे।’ तर अनिताले कसैको कुरा सुनिनन् किनकि उनलाई छोरीको इच्छा पूरा गरिदिनु थियो। दुबईमा रहेका श्रीमान्सँग सम्पर्क गरिन्। हजुरबुबाको सहयोगमा उनी नाचेको भिडियो पठाएपछि मात्रै मुम्बई अडिसन तेरियाका लागि सम्भव भयो।

प्रकाशित: २९ असार २०७१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार