मालपोत तथा नापीसम्बन्धी कामलाई प्रविधिमैत्री बनाउने

  • Technology Khabar | १८ चैत्र २०७८, शुक्रबार
मालपोत तथा नापीसम्बन्धी कामलाई प्रविधिमैत्री बनाउने

काठमाडौं ।

मालपोत तथा नापीसम्बन्धी कामलाई प्रविधिमैत्री बनाउने तयारी भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयले सेवाग्राहीलाई समयमा नै सेवा प्रवाह गर्न र सहज रूपमा उनीहरूलाई सेवा दिनका लागि मालपोत तथा नापीसम्बन्धी सबै कामलाई प्रविधिमैत्री बनाउने तयारी गरेको हो।

मन्त्री शशी श्रेष्ठले मन्त्रालयमा पदस्थापन भई आएका नवनियुक्त अधिकृतहरूका लागि दिइएको सात दिने भूमि प्रशासन तथा व्यवस्थापनसम्बन्धी तालिमको बुधबार काठमाडौंमा समापन गर्दै मालपोत तथा नापीसम्बन्धी कामलाई अब प्रविधिमैत्री बनाउने बताईन।

मन्त्री श्रेष्ठले कर्मचारीहरूले पाएको जिम्मेवारीलाई निष्ठपूर्वक पूरा गर्नसके नागरिकले कर्मचारीप्रति हर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन गर्न सकिने बताईन। “अब मन्त्रालय र यस मातहतका मालपोत तथा नापीसम्बन्धी कामलाई प्रविधि मैत्री बनाउन लागिएको भन्दै सबै इमान्दार भएर लागे यसबाट काम पारदर्शी बन्दै जानेछ,” उनले भनिन्।

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रमार्फत सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र नयाँ बानेश्वरमा नवनियुक्त शाखा अधिकृतहरूलाई भूमि प्रशासन तथा व्यवस्थापन विषयमा सात दिने तालिम दिइएको हो।

प्रकाशित: १८ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार