आरटीजीएसमार्फत हुने कारोबारको समय सीमा थपियो

  • Technology Khabar | १६ चैत्र २०७८, बुधबार
आरटीजीएसमार्फत हुने कारोबारको समय सीमा थपियो

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले रियल टाईम ग्रस सेटलमेन्ट (आरटीजीएस) मार्फत हुने कारोबारको समय सीमा थप गरेको छ। राष्ट्र बैंकले बुधबार सूचना जारी गर्दै बैशाख २ गतेदेखि बिहान ९ बजेबाट नै सेटलमेन्ट गर्न सकिने गरी व्यवस्था गरेको जानकारी दिएको हो।

आरटीजीएस कारोबार आउँदो माघ १६ देखि कात्तिक १५ गतेसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ देखि माघ १५ सम्म बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म गर्न सकिने भएको छ।

यस्तै अब शुक्रबार भने बिहान ९ बजेदेखि दिउँसो साढे १ बजेसम्म गर्न सकिने छ।

प्रकाशित: १६ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...