समृद्धि फाइनान्समा खाता खोल्दा मोबाईल सिम सित्तैमा

  • Technology Khabar | १५ चैत्र २०७८, मंगलवार
समृद्धि फाइनान्समा खाता खोल्दा मोबाईल सिम सित्तैमा

काठमाडौं ।

समृद्धि फाइनान्सले नयाँ खाता खोल्दा एनसेलको सिम सित्तैमा दिने योजना ल्याएको छ। सिमसँगै ५० रुपैयाँको व्यालेन्ससहित आकर्षक स्किम ल्याएको छ।

फाइनान्समा नयाँ खाता खोल्ने सबै ग्राहकहरुले सिम र ५० को व्यालेन्स सित्तैमा पाउनेछन्। नयाँ ग्राहकहरुलाई आर्कषित गर्न यो योजना ल्याईएको फाइनान्सका व्यवसाय प्रवर्द्धन विभागका अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधिकतम ११% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत सञ्चालनमा ल्याएको छ।

फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ।

प्रकाशित: १५ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार