अन्तरिक्ष मिसनमा प्रयोग गर्नका लागि मस्तिष्कको गतिबिधि थाहा पाईने हेलमेट परीक्षण गरिँदै

  • Technology Khabar | १५ चैत्र २०७८, मंगलवार
अन्तरिक्ष मिसनमा प्रयोग गर्नका लागि मस्तिष्कको गतिबिधि थाहा पाईने हेलमेट परीक्षण गरिँदै

काठमाडौं ।

इजरायलमा रहेको दिमागी गतिविधिको डाटा अध्ययन गर्ने स्टार्टअप ब्रेन डट स्पेसले मंगल अभियानमा प्रयोग हुने हेलमेट/गियर परीक्षण थालेको छ।

यो गियर अर्को हप्ता अन्तर्राष्ट्रिय अन्तरिक्ष नियोग आईएसएसमा जाने स्पेसएक्सको शटल उडानमा रहेका अन्तरिक्षयात्रीहरुले प्रयोग गर्ने रोयटर्सले उल्लेख गरेको छ।

निजी अन्तरिक्ष उडान संस्था एक्जियम स्पेसको उक्त आईएसएस मिसनमा विशेष ब्रेन.स्पेसले बनाएको इलेक्ट्रोइन्सेफालोग्राम (ईईजी) इनेबल गरिएको हेल्मेट प्रयोग गरिने बुझिएको छ।

१० दिनको उक्त मिसन ४ जना लिएर आगामी अप्रिल ३ मा उड्ने र आईएसएसमा जाने इतिहासकै पहिलो निजी उडान हुने समाचारमा उल्लेख छ।

‘माइक्रोग्राभिटीको अवस्थाले मानिसको शरीरमा रहेका भौतिक सूचकहरुलाई प्रभाव पार्दछ भन्ने हामीलाई थाहा छ। त्यसैले यसले पक्कै पनि दिमालगलाई पनि प्रभाव पार्ने भएकाले हामी त्यसैको अनुगमन गर्न चाहन्छौं’, ब्रेन.स्पेसका सीईओ याइर लेभीले रोयटर्सलाई बताए।

*हेडलाइन सम्पादित

प्रकाशित: १५ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • १५ चैत्र २०७८, मंगलवार