ई-मेथानोलबाट चल्ने गाडीको परीक्षण डेनमार्कमा गर्दै चिनियाँ अटोमेकर गीली

  • Technology Khabar | १६ चैत्र २०७८, बुधबार
ई-मेथानोलबाट चल्ने गाडीको परीक्षण डेनमार्कमा गर्दै चिनियाँ अटोमेकर गीली

काठमाडौं ।

चिनियाँ अटो कम्पनी गिलीले सोमबार डेनमार्कको अलबोर्ग बन्दरगाहमा ग्रीन ई-मिथानोल सवारी साधनको परीक्षण सुरु गरेको छ।

दुई ओटा सेडान र भारवहन ट्रक पावर टु एक्स (PtX) समाधान, दिगो, कार्बन न्यूट्रल, नवीकरणीय इन्धनद्वारा उत्पादित ई-मेथानोलमा चल्ने समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

डेनमार्कले यस प्रकारको इन्धनलाई प्रवर्द्धन गर्न चाहेको छ किनकी यसले थप नवीकरणीय उर्जा भण्डारण गर्न र देशको पावर ग्रिडलाई स्थिर गर्ने समाधान प्रदान गर्दछ।

डेनमार्कका यातायात मन्त्री ट्राइन ब्राम्सेन, जसले सोमबार सवारी साधनको परीक्षणमा भाग लिएका थिए, र उनले यी प्रविधिहरूको लागि थप समर्थनको लागि आह्वान गरे।

ब्राम्सेनले भने, “यो कुनै एक देशको बारेमा होइन, यो सम्पूर्ण विश्वको भविष्यको बारेमा हो। त्यसैले मलाई लाग्छ कि यो महत्त्वपूर्ण छ, हामीसँग बलियो सहयोग छ र यस क्षेत्रमा बाँडिएको ज्ञान रहेको छ। यो हाम्रो बारेमा होइन, यो हाम्रा छोराछोरी र हाम्रा नातिनातिनाहरूको बारेमा पनि हो।”

यसैबीच, गिलीले डेनमार्कसँगको सहकार्यको उद्देश्य युरोपमा हरित ई-मिथानोल र हरित गतिशीलताको प्रबर्द्धन गर्नु भएको बताएको छ।

अलबोर्ग बन्दरगाहले हरित यातायातमा २ अर्ब डेनिस क्रोनर (३० करोड अमेरिकी डलर) लगानी गर्ने तयारी गरेको बन्दरगाहका अध्यक्ष लासे फ्रिमान्ड जेन्सेनले सिन्ह्वालाई बताए ।

भर्खरै, डेनिस सरकारले पावर-टू-एक्स ऊर्जा उत्पादनमा १.२५ अर्ब डेनिस क्रोनर (१८ करोड ४० लाख अमेरिकी डलर) को सरकारी टेन्डर समावेश गर्ने बृहत् सम्झौताको घोषणा गर्यो।

डेनमार्क हावा र सौर्य नवीकरणीय ऊर्जा उत्पादनमा अग्रणी छ। यद्यपि, त्यस्ता ऊर्जाहरूको चुनौती भनेको तिनीहरू मौसममा निर्भर हुन्छन्।

व्यावसायिक ढुवानीका लागि हरित मेथानोलको प्रयोग डेनमार्कको शिपिङ्ग जायन्ट मार्स्कले पहिले नै अघि बढाएको छ।

डेनमार्कले मेथानोल इन्धनको उत्पादन, भण्डारण र ढुवानीका लागि बलियो पूर्वाधार पनि स्थापना गरेको छ।

प्रकाशित: १६ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...