
काठमाडौं ।
प्रतिस्पर्धाविरोधी मुद्दामा अमेरिकी चेम्बर फेसबुकको पक्षमा उभिएको छ।
चेम्बरले सोमबार वाशिङ्टन डीसीको पुनरावेदन अदालतलाई अमेरिकी राज्यका समूहले मेटाविरुद्धको प्रतिस्पर्धाविरोधी मुद्दा ब्युँताउन गरेको माग अस्विकार गर्न आग्रह गरेको रोयटर्सले जनाएको छ।
चेम्बरले कम्प्युटर एन्ड कम्युनिकेशन्स इन्डस्ट्री एसोसियशन एन्ड बिजनेस राउन्डटेबलसँग मिलेर राज्यहरुले आफ्ना मुद्दा दर्ता गर्न धेरै कुर्नुपरेकाले जिल्ला अदालतका न्यायाधीशले हेरिरहेको उक्त मुद्दा खारेज हुनुपर्ने तर्क गरेका थिए।
डिस्ट्रिक्ट अफ कोलम्बियाको जिल्ला अदालतका न्यायाधीश जेम्स बोस्बर्ऊले गत वर्षको जुलाईमा राज्यहरुले फेसबुकविरुद्ध उसले सन् २०१२ मा इन्स्टाग्राम तथा २०१४ मा ह्वाट्सएपको स्वामित्व लिन ढिला गरेको बताउँदै हालेको मुद्दा खारेज गरिदिएका थिए।
अमेरिकी संघीय व्यापार नियोगको मुद्दा पनि खारेज गरिदिएका बोस्बर्गले उक्त एजेन्सीलाई मुद्दा पुन: दर्ता गर्न इजाजत दिए पनि राज्यहरुका लागि स्विकार भने गरेका थिएनन्।
प्रकाशित: १५ चैत्र २०७८, मंगलवार