
काठमाडौं ।
विश्वकै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले, ईटहरीमा अर्को नयाँ प्रिमियम आधिकारिक सेवा केन्द्र खुलेको घोषणा गरेको छ। रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले ईटहरीको सुर्या कम्प्लेक्स परिसरमा नयाँ सेवा केन्द्रको उद्घाटन गरे।
सर्भिस सेन्टरको उद्घाटनपछि बोल्दै श्री गिरीले, मोबाइल सबैभन्दा सहज र सुविधायुक्त साधन भएकाले रियलमीले सेवाग्राहीको सुविधामा ध्यान दिएको बताए । रियलमीले नेपालमा भरपर्दो ब्रान्ड बन्ने लक्ष्य राखेको र आफ्ना ग्राहकहरुलाई उत्कृष्ट ग्राहक सेवा र विक्रीपछिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको उनले विश्वास व्यक्त गरे ।
पहिलो आधिकारिक सर्भिस सेन्टर सीटिसी मल, सुन्धारा काठमाडौँमा अवस्थित छ।
रियलमीले सर्भिस सेन्टर स्थापनासँगै ग्राहकहरु माझ विक्री पछिको सेवालाई सफलतापूर्वक विस्तार गर्ने विश्वास लिएको छ। यस सर्भिस सेन्टर मार्फत सफ्टवेयर सम्बन्धि सेवा, पार्टपूर्जा बदल्ने सेवा, फ्लागसिप फोन मर्मत सेवा, वारेन्टी मान्य र गैर मान्य स्मार्टफोनहरुको मर्मत सेवा र अन्य धेरै सेवाहरु प्रदान गरिनेछ।
जगदम्बा मोबाइलका नेशनल सेल्स हेड कुनाल सिंहकाअनुसार इटहरीको सूर्या कम्प्लेक्स प्रदेशकै प्रमुख व्यावसायिक केन्द्र भएको हुनाले यहाँ सर्भिस सेन्टर खोलिएको हो । उनले विराटनगर, धरान, बिर्तामोड लगायतका ग्राहकले अब यो सेवा केन्द्रबाट सहज रुपमा गुणस्तरीय सेवा लिन सक्ने बताए ।
रियलमीले नेपालमा सबै स्मार्टफोन ब्रान्डहरु मध्ये सर्भिस रिटर्न रेटमा कम रही अग्रणी सेवा दिने दाबि गरेको छ।
प्रकाशित: १४ चैत्र २०७८, सोमबार