बीवाईडीले शाओमी अटो र नियोका लागि ब्याट्री आपूर्ति गर्ने

  • Technology Khabar | १५ चैत्र २०७८, मंगलवार
बीवाईडीले शाओमी अटो र नियोका लागि ब्याट्री आपूर्ति गर्ने

काठमाडौं ।

चिनियाँ ब्याट्री कम्पनी बीवाईडीले शाओमी अटो तथा नियोका लागि ब्याट्री उपलब्ध गराउने भएको छ।

हालै चिनियाँ नवीन उर्जा सवारी बजारमा ब्याट्री आपूर्तिकर्ता हुने उद्देश्यले बीवाईडी अन्तर्गतको ब्याट्री डिभिजन फिनड्रिम्स ब्याट्रीले शाओमी अटो तथा नियोलाई ब्याट्री आपूर्ति गर्ने भएको हो।

चिनियाँ सञ्चार संस्था गिज्मोचाइनाका अनुसार यी तीन कम्पनीमध्ये फिनड्रिम्स ब्याट्री तथा नियोका बिच गत वसन्त उत्सव अगाडि नै बीवाईडीको फेरस लिथियम फोस्फेट ब्याट्री प्रयोग गर्नेगरी सम्झौता भइसकेको बुझिएको छ।

यसबाहेक गत वर्षको उत्तरार्द्धमा नियोका थुप्रै कर्मचारीले बीवाईडीको शेन्जेनमा रहेको फ्याक्ट्रीमा बारम्बार भ्रमण गरेको बुझिएको गिज्मोचाइनाले उल्लेख गरेको छ।

यसै सन्दर्भमा शाओमी अटो बिल्कुल नयाँ अटो निर्माता ब्राण्ड भए पनि फिनड्रिम्स ब्याट्रीसँग सम्झौता गरेको बुझिएको छ। प्रतिवेदन अनुसार शाओमी अटोको पहिलो विद्युतीय सवारी लो-इन्ड र हाई-इन्ड गरी दुई भेरियन्टमा उपलब्ध हुनेछन्।

लो-इन्ड मोडलमा ४०० भोल्टको बीवाईडी ब्लेड ब्याट्री तथा हाई-इन्डमा ८०० भोल्टको ब्याट्री रहनेछ। हाई-इन्ड मोडलमा अर्को चिनियाँ ब्याट्री निर्माता सीएटीएलको ब्याट्री पनि प्रयोग हुन सक्ने आकलन गरिएको र यस सम्बन्धमा कम्पनीले कुनै जानकारी बाहिर नल्याएको पनि समाचारमा उल्लेख छ।

प्रकाशित: १५ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार