अन्य साना मेसेजिङ एपसँग मिलेर काम गर्न ह्वाट्सएप र आईमेसेजलाई ईयूको निर्देशन

  • Technology Khabar | १४ चैत्र २०७८, सोमबार
अन्य साना मेसेजिङ एपसँग मिलेर काम गर्न ह्वाट्सएप र आईमेसेजलाई ईयूको निर्देशन

काठमाडौं ।

यूरोपियन यूनियनले डिजिटल बजारका लागि नयाँ नीति पारित गरेको छ।

जस अन्तर्गत ह्वाट्सएप, मेसेन्जर तथा आईमेसेज जस्ता मुख्य मेसेजिङ सेवाहरुले साना प्लेटफर्मसँग मिलेर काम गर्नुपर्ने हुन्छ।

यो निर्णय डेभलपरहरुको आग्रहमा गरिएको गिजचाइनाले लेखेको छ।

यूरोपियन यूनियनको नयाँ नीतिमा नयाँ विधान पनि रहेको छ जसले नियामकलाई डिजिटल जायन्टहरुमाथि नियमन गर्न तथा गुगल, एप्पल, मेटा र अमेजनको डिजिटल बजारमा व्याप्त एकलौटीको अन्त्य गर्न पनि अधिकार प्रदान गर्दछ।

डिजिटल मार्केट्स एक्ट नामक उक्त ऐन अनुसार गुगल, एप्पल, फेसबुक, अमेजन तथा माइक्रोसफ्टले लगभग २० ओटा नियमहरु पालना गर्नुपर्ने हुन्छ।

यीमध्ये सबैभन्दा कडा नियम डिजिटल मिडिया जायन्टहरुलाई आफ्ना सेवाको प्रचार गर्नबाट रोक लगाउनु रहेको छ। यस्तो ब्यहोरा विशेषगरी गुगल र मेटाले आफ्ना प्लेटफर्ममा देखाउने गर्दथे।

प्रकाशित: १४ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sparrow SMS celebrates sixteen years of delivering messages

  • Technology Khabar
  • १४ चैत्र २०७८, सोमबार