चीनको एनईभी उत्पादन र बिक्री पहिलो दुई महिनामा बढ्यो

  • Technology Khabar | १४ चैत्र २०७८, सोमबार
चीनको एनईभी उत्पादन र बिक्री पहिलो दुई महिनामा बढ्यो

काठमाडौं ।

कच्चा पदार्थको मूल्यवृद्धि र कोभिड–१९ को महामारीका बावजुद चीनमा वर्षको पहिलो दुई महिनामा नयाँ ऊर्जा सवारी साधन (एनईभी) को उत्पादन र बिक्री बढेको औद्योगिक प्रतिवेदनले जनाएको छ।

चाइना एकेडेमी अफ इन्फर्मेशन एण्ड कम्युनिकेसन्स टेक्नोलोजीको प्रतिवेदन अनुसार जनवरीदेखि फेब्रुअरीसम्म करिब ८ लाख २० हजार एनईभी उत्पादन भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा १.६ गुणाले बढेको सिन्ह्वाले जनाएको छ।

यस अवधिमा एनईभीको बिक्री गत वर्षको सोही अवधिको तुलनामा १.५ गुणाले बढेर ७ लाख ६५ हजार पुगेको प्रतिवेदनले जनाएको छ।

यो अवधिमा एनईभी बजार प्रवेश दर १७.९ प्रतिशत रहेको पनि प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार चीनमा निर्मित एनईभी विदेशी उपभोक्ताहरूमाझ पनि बढी लोकप्रिय भएको छ र निर्यात वार्षिक रूपमा ३८१.७ प्रतिशतले बढेर करिब १० लाख ५ हजार पुगेको छ।

प्रकाशित: १४ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार