उबरद्वारा न्यूयोर्क सिटी ट्याक्सीलाई आफ्नो एपमा राख्ने सम्झौता

  • Technology Khabar | १४ चैत्र २०७८, सोमबार
उबरद्वारा न्यूयोर्क सिटी ट्याक्सीलाई आफ्नो एपमा राख्ने सम्झौता

काठमाडौं ।

अनलाइन ट्याक्सी सेवा प्रदायक उबरले न्यूयोर्क ट्याक्सीलाई आफ्नो एपमा राख्ने गरी सम्झौता गरेको छ।

यसअघि ट्याक्सी उद्योगसँग सधैं विवाद गरिरहने उबरले अब भने न्यूयोर्को परिचित पहेंला रंगका ट्याक्सीहरुलाई पनि आफ्नो एपमा राख्ने भएको हो।

कम्पनीले गत बिहीबार न्यूयोर्क सिटीसँग नयाँ सम्झौता भएको र यस अन्तर्गत अब उबरका ग्राहकले एपमार्फत् सिटीको ट्याक्सीक्याब प्रयोग गर्न सक्ने तथा परम्परागत ट्याक्सी चालकले उबरका ग्राहकलाई सेवा दिन पाउने भएको सीएनएनले जनाएको छ।

यो निर्णयले उबर प्रयोगकर्तालाई नयाँ चालकहरुको ट्याक्सी प्रयोग गर्न तथा ती चालकलाई नयाँ ग्राहक पाउन सहज हुने भएको छ।

यो सम्झौताले उबरको प्लेटफर्ममा दुई परम्परागत ट्याक्सी सेवा कर्ब र एर्रोका चालकबीच डिजिटल युगमा प्रतिस्पर्धा हुने देखिएको सीएनएनले उल्लेख गरेको छ।

अब क्रियटिम मोबाइल टेक्नोलोजिनद्वारा सञ्चालित एर्रो तथा सिटीको अर्को ट्याक्सी क्याब कर्बका लाइसेन्सयुक्त ट्याक्सीहरु ग्राहकले फोनकै माध्यमबाट बूक गर्न सक्छन्।

प्रकाशित: १४ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...