बैंक अफ काठमाण्डूका मोबाइल बैंकिङ प्रयोगकर्तालाई रोडहाउस क्याफेमा १० प्रतिशत छुट

  • Technology Khabar | १४ चैत्र २०७८, सोमबार
बैंक अफ काठमाण्डूका मोबाइल बैंकिङ प्रयोगकर्तालाई रोडहाउस क्याफेमा १० प्रतिशत छुट

काठमाडौं ।

बैंक अफ काठमाण्डू लिमिटेड र रोड हाउस क्याफे पोखराबिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता गरेको छ।

सम्झौता पश्चात् ग्राहकहरुले रोड हाउस क्याफे पोखरामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउने भएका छन्। उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्ने भएको छ।

रोड हाउस क्याफे पोखराले लेकसाइड, पोखरा बाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ।

हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दे आइरहेको छ ।

प्रकाशित: १४ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...