टेस्लाका गाडीमा समस्या, कम्पनीले रिकल गर्यो ९४७ ओटा कार

  • Technology Khabar | १४ चैत्र २०७८, सोमबार
टेस्लाका गाडीमा समस्या, कम्पनीले रिकल गर्यो ९४७ ओटा कार

काठमाडौं ।

टेस्लाले अमेरिकामा ९४७ इलेक्ट्रिक कार ग्राहकबाट फिर्ता बोलाएको छ। विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी निर्माता टेस्लाले रियर भ्यू इमेज डिस्प्लेले ढिला रेस्पोन्स गरेका कारण उक्त संख्याका कारहरु फिर्ता बोलाएको भास्कर डटकमले उल्लेख गरेको छ।

नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनका अनुसार ती कारहरुका ब्याक गर्दा देखिनुपर्ने दृश्य ढिला देखिने गरेको थियो।

उक्त संस्थाका अनुसार रियर भ्यू क्यामरा डिस्प्लेमा आएको ढिलाईका कारण चालकले गाडी ब्याक गर्ने काम प्रभावित हुनसक्ने र दुर्घटनाको सम्भावना पनि रहने देखिएको छ।

तर यो समस्या आए पनि चालकले पछाडि हेर्ने ऐनाको मद्दतले ब्याक गर्न भने सक्छन्।

टेस्लाको यो रिकलमा २०१७ तथा २०२० का बीचमा बनेका मोडल ३ ईभी, २०१८ तथा १९ मा बनेका मोडल एस तथा त्यही समयमा बिक्री गरिएको मोडल एक्स रहेका छन्।

यी विद्युतीय गाडीहरुमा अटोपाइलट कम्प्युटर २.५ रहेको छ भने कम्पनीले केही फर्मवेयर पनि रिलिज गरिरहेको बुझिएको छ।

यो समस्या समाधानका लागि कम्पनीले ओटीए सफ्टवेयर अपडेट रिलिज गर्नर् भास्कर डटकमले उल्लेख गरेको छ।

प्रकाशित: १४ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...