नयाँ सोसल मिडिया प्लेटफर्म ल्याउनेतर्फ गम्भीर हुँदै मस्क

  • Technology Khabar | १३ चैत्र २०७८, आईतवार
नयाँ सोसल मिडिया प्लेटफर्म ल्याउनेतर्फ गम्भीर हुँदै मस्क

काठमाडौं ।

टेस्ला कम्पनीका सीईओ इलन मस्कले नयाँ सोसल मिडिया प्लेटफर्म ल्याउने बारेमा गम्भीर सोचाइमा रहेको बताएका छन्।

केही दिनअघि अर्बपति मस्कले ट्विटरमार्फ्त उक्त कुरा बाहिर ल्याएका हुन्।

उनले ट्विटरका एक प्रयोगकर्तालाई जवाफ दिने क्रममा ओपन सोर्समा आधारित तथा वाक स्वतन्त्रता सहितको साथै प्रोपागाण्डा नगण्य रहेको सोसल मिडिया खोल्नेबारेमा गम्भीर भएर सोचिरहेको बताएका हुन्।

ट्विटर धेरै चलाउने मस्क केही समययता सोसल मिडियाका नीतिलाई लिएर निकै आलोचक हुँदै आएका छन्। उनले यस्ता कम्पनीले वाक् स्वतन्त्रता तथा प्रजातन्त्रको बर्खिलाफ गरिरहेको विचार व्यक्त गर्दै आएका छन्।

उनले ट्विटरमा ट्विटरले वाक् स्वतन्त्रतालाई आत्मसात् गरेको छ वा छैन भनेर जनमतका लागि राखेको पोस्टमा ७० प्रतिशत मत ‘छैन’ मा आएको रोयटर्सले जनाएको छ।

उनले शुक्रबार भने, ‘यो जनमतको परिणाम महत्वपूर्ण हुनेछ, त्यसैले सोचविचारसहित मत जाहेर गर्नुहोला।’

प्रकाशित: १३ चैत्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार