एप्पलले बन्द गर्यो रूसी मिर कार्ड भुक्तानीको लागि एप्पल पेको सेवा

  • Technology Khabar | १३ चैत्र २०७८, आईतवार
एप्पलले बन्द गर्यो रूसी मिर कार्ड भुक्तानीको लागि एप्पल पेको सेवा

काठमाडौं ।

अमेरिकी टेक जायन्ट एप्पलले रुसको मिर कार्ड भुक्तानी प्रणालीको लागि आफ्नो एप्पल पे सेवा निलम्बन गरेको छ। रुसको सबैभन्दा ठूलो ऋणदाता र भुक्तानी प्रणालीले शुक्रबार बताएअनुसार रुसीहरूलाई सेवा प्रयोग गरिरहन अनुमति दिने एउटा लूपहोल बन्द गर्दै सेवा निलम्बन गरेको रोयटर्सले जनाएको छ।

रुसले फेब्रुअरी २४ मा युक्रेनमा दशौं हजार सेना पठाउने निर्णय गरेपछि एप्पलले २०१६ मा रूसमा सञ्चालन सुरु गरेको एप्पल पेको प्रयोगलाई प्रतिबन्धित गरेको छ। यसले रूसी मास्टरकार्ड र भिसा कार्डधारीहरूलाई सेवा प्रयोग गर्नबाट रोकेको छ।

तर रुसको राष्ट्रिय कार्ड भुक्तानी प्रणाली (एनएसपीके) का अनुसार बिहीबार त्यो पहुँच नहटाइएसम्म रुसको घरेलु प्रणाली मिर, एप्पल पेसँग जोडिएको थियो।

“एप्पलले एनएसपीकेलाई एप्पल पे भुक्तानी सेवामा मिर कार्डहरूको लागि समर्थन निलम्बन गरिरहेको जानकारी दिएको छ। मार्च २४ देखि, प्रयोगकर्ताहरूले सेवामा नयाँ मिर कार्डहरू थप्न सक्दैनन्। एप्पलले केही दिनहरूमा पहिले थपिएका कार्डहरूको सबै कार्यहरू बन्द गर्नेछ।” एनएसपीकेले शुक्रबार भनेको छ।

प्रकाशित: १३ चैत्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार