सेमीकन्डक्टर चिप अभावमा जनरल मोटर्सले आफ्नो एसेम्बली प्लान्ट बन्द गर्ने

  • Technology Khabar | १३ चैत्र २०७८, आईतवार
सेमीकन्डक्टर चिप अभावमा जनरल मोटर्सले आफ्नो एसेम्बली प्लान्ट बन्द गर्ने

काठमाडौं ।

जनरल मोटर्स कम्पनीले चलिरहेको सेमीकन्डक्टर/अर्धचालक चिप अभावमा आफ्नो प्लान्ट दुई साताका लागि बन्द गर्ने जनाएको छ।

कम्पनीले इन्डियानामा रहेको पिकअप ट्रकहरू निर्माण गर्ने एसेम्बली प्लान्ट आगामी अप्रिलमा दुई हप्ताको लागि निष्क्रिय रहने शुक्रबार बताएको छ।

डेट्रोइट अटोमेकरले आफ्नो फोर्ट वेन एसेम्ब्ली प्लान्टमा उत्पादन रोक्ने बताएको हो। जसले शेभ्रोलेट सिल्भेराडो १५०० र जीएमसी सिएरा १५०० निर्माण गर्दछ र अप्रिल ४ बाट दुई हप्ताको लागि बन्द हुनेछ।

“अझै पनि सेमीकन्डक्टर/अर्धचालक आपूर्ति आधारमा अनिश्चितता र अप्रत्याशितता छ, र हामी सक्रियरूपमा हाम्रा आपूर्तिकर्ताहरूसँग सम्भावित समस्याहरूलाई कम गर्नको लागि काम गरिरहेका छौं,” जीएमले शुक्रबार भनेको छ।

अटोमेकरले यो अगस्टपछि पहिलो सेमीकन्डक्टर-सम्बन्धित पूर्ण आकारको ट्रक उत्पादन बन्द हुने अवस्था भएको बताएको छ।

जीएमले समग्रमा यसले “गत वर्षको तुलनामा पहिलो त्रैमासिकमा अर्धचालक आपूर्तिमा राम्रो स्थिरता देखेको उल्लेख गरेको छ। यसले वर्षको पहिलो तीन महिनामा उत्पादन र डेलिभरीमा सुधार गरेको जनाएको छ।

प्रकाशित: १३ चैत्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...