ड्रोनको माध्यमबाट विराटनगर महानगरपालिकामा घरको विवरण सङ्कलन

  • Technology Khabar | १४ चैत्र २०७८, सोमबार
ड्रोनको माध्यमबाट विराटनगर महानगरपालिकामा घरको विवरण सङ्कलन
सांकेतिक तस्बिर

काठमाडौं ।

विराटनगर महानगरपालिकामा ड्रोनको माध्यमबाट घरको विवरण सङ्कलन गर्ने कार्य सुरु गरिएको छ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले यसले नगरको विकासमा घर, सडकलगायत सम्पूर्ण पूर्वाधारका विषयमा प्राप्त हुने जानकारीले सघाउ पुग्ने विचार व्यक्त गरे।

डिजी निर्माण इञ्जीनियरिङ प्रालिका प्रमुख विवेक सिंहकाअनुसार ग्लोवल पोजिशन सिष्टम (जिपिएस) द्वारा नगरका १० फिटभित्रको क्षेत्रफलमा रहेका घरको विवरणर सङ्कलन गर्नाका साथै घर जग्गाको डिजिटल तस्वीरबाट नाप, नक्सा लिन सकिने भएकाले सार्वजनिक सेवा प्रवाहमा उल्लेखनीय सुधार ल्याउने छ।

रु. १७ लाखको लगानीमा आगामी असार मसान्तसम्म सम्पूर्ण कार्य सम्पन्न गर्न दैनिक नौ कर्मचारीमार्फत प्रत्येक दिन दुईवटा ड्रोनबाट नाप, नक्सा सङ्कलन गरिने बताईएको छ।

ड्रोनको माध्यमबाट सङ्कलन गरिने विवरण गुगलमार्फत अन्तराष्ट्रिय क्षेत्रबाट पनि जानकारी लिन सकिने छ।

प्रकाशित: १४ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...