चीनको विद्युतीय सवारी निर्माता निओले तत्कालका लागि मूल्य नबढाउने

  • Technology Khabar | ८ चैत्र २०७८, मंगलवार
चीनको विद्युतीय सवारी निर्माता निओले तत्कालका लागि मूल्य नबढाउने

काठमाडौं ।

चिनियाँ विद्युतीय सवारी (ईभी) उत्पादक निओले छोटो अवधिमा मूल्यवृद्धि गर्ने कुनै मनसाय नभएको जानकारी दिएको छ। यसका साथै कम्पनीले विकसित परिस्थितिलाई ध्यानमा राखेर निर्णय लिने कुरामा लचिलो हुने बताएको छ।

निओले एक विज्ञप्तिमा कच्चा पदार्थको मूल्य र चिप आपूर्ति र मागले आपूर्ति श्रृंखला लागतमा ठूलो परिवर्तन ल्याएको बताएको रोयटर्सले रिपोर्ट गरेको छ।

पछिल्लो दिनमा युक्रेनमाथि रुद्धको आक्रमणले गर्दा चिपसहित अन्य पदार्थहरुमा आपूर्ति श्रृंखलामा दबाब परेको बताईएको छ। जसले गर्दा टेस्लालगायतका अन्य ईलेक्ट्रिक भेहिकल उत्पादक कम्पनीहरुले आफ्ना उत्पादनहरुको मूल्य वृद्धि गरेका छन्।

प्रकाशित: ८ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार