प्रिमियममा बेचिएको भारतीय पेमेन्ट कम्पनी पेटीएमका शेयरधनीले गुमाए ७४ प्रतिशत लगानी

  • Technology Khabar | ८ चैत्र २०७८, मंगलवार
प्रिमियममा बेचिएको भारतीय पेमेन्ट कम्पनी पेटीएमका शेयरधनीले गुमाए ७४ प्रतिशत लगानी

काठमाडौं ।

भारतीय डिजिटल पेमेन्ट कम्पनी पेटीएमको शेयरमा निरन्तर गिरावट भईरहेको र रोकिने नाम लिइरहेको छैन। भारतीय बजारमा तीन दिनको बिदापछि साताको पहिलो कारोबार दिन सोमबा फेरि पेटीएमको स्टकमा ठूलो गिरावट आएको छ।

भारतीय मिडियाहरुको रिपोर्टहरुकाअनुसार पेटीएमको सेयर ५६० भारतीय रुपैयाँमा झरेको छ। सोमबारको कारोबारको अन्त्यमा पेटीएमको शेयर ५.२५ प्रतिशतले घटेर ५६५.७० भारुमा बन्द भयो। पेटीएमको स्टक यसको आईपीओ मूल्यबाट करिब ७४ प्रतिशतले घटेको छ। त्यसैले पछिल्लो पाँच व्यापारिक सत्रहरूमा पेटीएम २८ प्रतिशतले घटेको छ। कम्पनीको बजार पूँजीकरण ३६,६८७ करोड भारुमा झरेको छ, जुन आईपीओ मूल्यअनुसार १.३९ लाख करोड थियो। कम्पनीको मार्केट क्याप नै १.३ लाख करोडले घटेको छ।

पेटीएमको शेयर भारतीय बजारमा ४५० भारुसम्म झर्नसक्नेछ अर्थात् ३५ प्रतिशतको गिरावट र स्टक तल आउन सक्छ। भारतका म्याक्वेरी सेक्युरिटीज इन्डियाका सुरेश गणपतिले पहिलो पटक पेटीएमको स्टकमा ठूलो गिरावट आउने भविष्यवाणी गरेका थिए, र त्यो सही साबित भएको छ। उनले पेटीएमको स्टक घटेर ४५० रुपैयाँमा पुग्ने भविष्यवाणी गरेका छन् ।

पेटीएमले प्रति शेयर २१५० रुपैयाँको दरमा आईपीओ जारी गरेको थियो । आईपीओ मूल्यबाट लगानीकर्ताले प्रतिसेयर रु १६०० घाटा बेहोरिरहेका छन्। पेटीएम आईपीओले इतिहासकै सबैभन्दा ठूलो १८,८०० करोड भारुको आईपीओ ल्याएको थियो।

आरबीआईको कारबाहीपछि पेटीएमको मूल्यमा कमी

भारतीय नियामक निकाय तथा केन्द्रिय बैंक आरबीआईले पेटीएम पेमेन्ट्स बैंकलाई नयाँ ग्राहकहरू थप्न प्रतिबन्ध लगाउने आदेश जारी गरेपछि पेटीएमको स्टक लगातार बजारमा घटिरहेको छ। पेटीएम पेमेन्ट बैंक लिमिटेडले अब आईटी लेखा परीक्षकहरूको रिपोर्ट समीक्षा गरेपछि र आरबीआईबाट अनुमति पाएपछि मात्र नयाँ ग्राहकहरू थप्न सक्षम हुनेछ।

प्रकाशित: ८ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार