तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन बुधबार हुँदै, नेपाल र भारतका स्टार्टअपहरु बिच प्रतिस्पर्धा हुने

  • Technology Khabar | ८ चैत्र २०७८, मंगलवार
तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन बुधबार हुँदै, नेपाल र भारतका स्टार्टअपहरु बिच प्रतिस्पर्धा हुने

काठमाडौं ।

युवा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले ‘कनेक्ट इन’ को तेस्रो संस्करणअन्तर्गत तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन यही बुधबार आयोजना गरिने भएको छ।

क्लक वि विजनेस इनोभेशन्स् र काठमाडौँस्थित भारतीय दूतावासको सहकार्यमा यही चैत ९ गते सम्मेलनको आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

सम्मेलनमा ३०० भन्दा बढी नेपाली तथा भारतीय स्टार्टअप, उद्यमी, लगानीकर्ता, विज्ञ, उच्चपदस्थ नेपाली तथा भारतीय अधिकारीको सहभागिता हुने बताईएको छ।

सम्मेलनमा १५ बढी नेपाली र भारतीय प्रख्यात वक्ताहरूले आ–आफ्ना अनुभव आदानप्रदान गर्नेछन् । सम्मेलनअन्तर्गत यही चैत १ गते भएको आइडिया अडिशनबाट आफ्ना स्टार्टअप व्यवसायलाई प्रस्तुत गरेका २० स्टार्टअप व्यवसायमध्ये प्रतिस्पर्धाका आधारमा उत्कृट चार उद्यमी छनोट भएका थिए। तेक्का प्रालि, बोया फ्रेस प्रालि, सारंग प्रालि र वेद प्रालि उत्कृष्ट छनोट भएका थिए ।

सम्मेलनमा उत्कृष्ट चार उद्यमीले नेपाल र भारतका प्रख्यात उद्यमीका बीच आयोजना हुने अन्तिम प्रतिस्पर्धामा आफ्नो व्यावसायिक विचार प्रस्तुत गर्नेछन्। सम्मेलन नेपाल र भारतका युवा उद्यमीलाई उद्यमशीलता सम्मेलनमा आपसी छलफल, नयाँनयाँ अवधारणा विकास तथा विस्तार र अवसर खोजी गर्ने साझा मञ्च हुने आयोजकको विश्वास छ।

पत्रकार सम्मेलनमा नेपालका लागि भारतीय दूतावासका प्रथम सचिव अभिषेक उपाध्यायले मुलुकको सुन्दर भविष्य निर्माणका लागि युवा शक्तिले नवप्रवर्तनका कार्य गर्नुपर्ने र स्टार्टअपका लागि भारत सरकारको सहयोग रहने बताएका थिए।

प्रकाशित: ८ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...