रूस-यूक्रेन युद्धमा साइबर हमलामार्फत् ह्याकरहरु पनि लडिरहेको खुलासा

  • Technology Khabar | ८ चैत्र २०७८, मंगलवार
रूस-यूक्रेन युद्धमा साइबर हमलामार्फत् ह्याकरहरु पनि लडिरहेको खुलासा
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

रुस यूक्रेन युद्धमा दुई देशका सेनामात्र नभई ह्याकरहरु पनि लडिरहेका पाइएको छ।

बीबीसीका अनुसार यूक्रेनमा रूसको हमलापछि साइबर ह्याकरको एउटा अज्ञात समूह रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई कमजोर बनाउने उद्देश्यले रूसमा लगातार साइबर हमला गरिरहेको छ।

एनोनिमसको ब्यानरमा बसेर काम गरिरहेका थुप्रै मानिसहरुले बीबीसीलाई आफ्ना उद्देश्य तथा रणनीतिका बारेमा बताएको समाचारमा उल्लेख छ।

रूस-यूक्रेन युद्ध शुरू भएपछिदेखि हालसम्म रूसका वेबसाइटहरुमा अनगिन्ति पटक साइबर हमला गरिएका छन् तर तीमध्ये रुसको एउटा टेलिभिजन नेटवर्कमा भएको हमला भने छुट्टै प्रकारको रहेको पाइएको छ।

यो साइबर हमला टेलिभिजनमा प्रसारित एउटा सानो भिडियो क्लिपमा देखाइएको थियो।

उक्त क्लिपमा टीभी नेटवर्कको सामान्य कार्यक्रममा केही समस्या आउँछ र तत्काल स्क्रीनमा यूक्रेनको बमबारीको फुटेज देखिन थाल्छ। भिडियोमा युद्धको डरबारे कुरा गरिरहेका सैनिक पनि दखिन्छन्।

यो भिडियो गत फेब्रुअरी २७ तारिखका दिन सोशल मीडियामा एनोनिमसको एकाउन्टबाट नै पोस्ट गरिएको थियो जसमा रूसका सरकारी टीभी च्यानलहरु एनोनिमसले ह्याक गरिसकेको र तिनीहरुलाई यूक्रेनको साँचो तस्बिर देखाउनका लागि प्रयोगमा ल्याइएको दावी गरिएको थियो।

केही दिनभित्रै यो भिडियो लाखौं जनाले हेरेको बीबीसीले उल्लेख गरेको छ। यो ह्याकमा एनोनिमसको ह्याक गर्ने तरिकाको छनक देखिएको बताइएको छ।

बीबीसी हिन्दीबाट

प्रकाशित: ८ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार