आईफोन १४ प्रोमा धेरै ठूला परिवर्तनहरू हुने, पछाडिको प्यानलबाट एप्पलको लोगो हट्ने

  • Technology Khabar | ४ चैत्र २०७८, शुक्रबार
आईफोन १४ प्रोमा धेरै ठूला परिवर्तनहरू हुने, पछाडिको प्यानलबाट एप्पलको लोगो  हट्ने

काठमाडौं ।

पछिल्लो समय एप्पलको आउँदो आईफोन १४ सिरिजको चर्चा निकै चुलिएको छ। अब आएर आईफोन १४ प्रो को क्याड (CAD) रेन्डरहरू अनलाइनमा लीक भएको छ। आईफोन १४ प्रोको डिजाइन यी रेन्डरहरूमा देखियो, जुन धेरै मामिलामा यसका अघिल्ला मोडलहरू भन्दा फरक छ।

पहिलो परिवर्तन भनेको नच डिजाइनलाई फोनको अगाडि सेल्फी क्यामेराको लागि पंच-होल कटआउटले प्रतिस्थापन गर्नु हो। दोस्रो, यी रेन्डरहरूमा, आईफोन १४ प्रोको पछाडिको प्यानल आईफोन १३ प्रो जस्तो देखिन्छ, तर सबैभन्दा ठूलो भिन्नता भनेको एप्पल लोगो गायब हुनु हो।

हालै ९१मोबाइल्सले आफ्नो रिपोर्टमा उद्योग स्रोतहरूलाई उद्धृत गर्दै एप्पल आईफोन १४ प्रो को क्याड रेन्डरहरू साझा गरेको छ। यी रेन्डरहरूमा, नयाँ आईफोनको डिजाइन र अघिल्लो मोडलहरूको तुलनामा हुने आगामी परिवर्तनहरू देख्न सकिन्छ।

पञ्च-होल सेल्फी कटआउट आईफोन १४ प्रोको अगाडिको प्यानलमा देख्न सकिन्छ। एप्पलले अहिलेसम्म आफ्नो आईफोन मोडलमा सेल्फीका लागि नच डिजाइन दिँदै आएको थियो। योसँगै अब आईफोन १४ सिरिजको साथमा कम्पनीले आफ्नो आईफोन मोडलमा ठूलो परिवर्तन गर्न लागेको छ।

यो क्याप्सुल आकारको पंच-होल हो जसको छेउमा सानो कट-आउट हुन्छ। यस कटआउटमा सेल्फी क्यामरा र फेस आइडी सेन्सर दिन सक्नेछ।

ब्याक प्यानल हेर्दा, यो धेरै आईफोन १३ प्रो जस्तो देखिन्छ। फोनको पछाडि स्क्वायर क्यामरा मोड्युल छ, जसमा तीनवटा क्यामरा सेन्सर देख्न सकिन्छ। तर, रेन्डरमा फोनको ब्याक प्यानलमा एप्पलको लोकप्रिय लोगो देखिएको छैन । तर, यी लीक भएका रेन्डरहरू मात्र हुन्। त्यसैले यसैको आधारमा कम्पनीले लोगोविनाको यो फोन ल्याउन लागेको अनुमान गर्न पनि हतार हुनेछ। वास्तविक उत्पादन लोगोसहित बजारमा आउन सक्दछ।

त्यस्तै यसअघिका रिपोर्टहरूले आईफोन १४ सिरिजका साथ एप्पलले रियर क्यामरा बम्पको अभ्यास अन्त्य गर्न लागेको बताइएको थियो। यद्यपि, पछिल्लो रेन्डरहरूमा, आईफोन १४ प्रो हल्का क्यामरा बम्पको साथ देखिन्छ।

प्रकाशित: ४ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार