अनलाईनमार्फत ठगी गर्ने कार्यमा संलग्न ब्यक्ति पक्राउ

  • Technology Khabar | १ चैत्र २०७८, मंगलवार
अनलाईनमार्फत ठगी गर्ने कार्यमा संलग्न ब्यक्ति पक्राउ

काठमाडौं ।

अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाउँपालिका ४ घर भई हाल भक्तपुर ठिमी बस्दै आएका ३८ वर्षीय गान्दीप गौतमलाई सोमबार भक्तपुरबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ।

प्रहरीकाअनुसार गौतमले आफू विदेशी नागरिक भएको बताउँदै सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपमार्फत ठगी गरेको आरोप छ।

गौतमले पार्सल र चिठ्ठा परेको रकम पाउनको लागी कर रकम तिर्नुपर्छ भनि विभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक खाता नम्बर र आईएमईको माध्यमबाट २९ लाख ४० हजार रुपैयाँ रकम जम्मा गर्न लगाएर ठगी गरेको आरोप छ।

गौतमले डाक्टर जोहन लरेन्स नामक फेसबुक र ह्वाट्सएप एकाउन्ट खोलेर पीडितलाई ९० लाखको चिठा परेको, साथै सुनको सिक्री, २ लाख पाउण्ड भएको सुटकेस समेतको पार्सल पठाएको भन्ने म्यासेज पठाई केहिसमय पछि फेरि प्रताप राना सिंह नाम बताएर पीडितलाई ह्वाट्सएपमा फोन र म्यासेज गर्ने गरेको प्रहरीले जनाएको छ।

आरोपितलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको महाशाखाले जनाएको छ।

प्रकाशित: १ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...