चीनमा भएको लकडाउनका कारण आईफोनलगायतको उत्पादन बन्द

  • Technology Khabar | १ चैत्र २०७८, मंगलवार
चीनमा भएको लकडाउनका कारण आईफोनलगायतको उत्पादन बन्द

काठमाडौं ।

चीन सरकारले शेन्जेन प्रान्तमा लकडाउन गरेपछि त्यहाँका कारखानाहरुका उत्पादन स्थगित गरिएका छन्।

चीनले आगामी मार्च २० तारिखसम्म लकडाउन गरेपछि निर्माताहरुले आफ्ना उत्पादन स्थगित गर्न बाध्य भएका हुन्।

ताइवानमा रहेको टच प्यानल निर्माता जीआईएसले आफ्नो शेन्जेनमा रहेको फ्याक्ट्री एक हप्ता बन्द गर्ने बताएको छ।

जीआईएसको शेन्जेनको उत्पादन कम्पनीको समग्र उत्पादनको ३० प्रतिशत रहने र कम्पनीले यो अन्तर शोधभर्नाका लागि छेङ्दुमा रहेको आफ्नो वुशी प्लान्टमा केही शिफ्ट थप गरेर उत्पादन गर्ने योजना बनाएको डिजिटाइम्सले जनाएको छ।

फक्सकनको शेन्जेन प्लान्ट पनि बन्द रहने र स्थानीय सरकारको अर्को सूचनापछि मात्र उत्पादन पुन: सञ्चालनमा आउने बताइएको छ।

कम्पनीले यसअघि नै थुप्रै ब्याकअप प्लान्टहरु खडा गरिसकेकाले लकडाउनको प्रभावलाई कम गर्न उसले अन्य प्लान्टहरुबाट उत्पादन शुरु गरिसकेको समाचारमा उल्लेख छ।

यस्तै ताइवानको पीसीबी निर्माता एभेरी, यूनिमाइक्रोन तथा शेन्जेनमा रहेका ग्लोबल ब्रान्ड्स म्यानुफ्याक्चररका सहायक कम्पनीहरुले पनि आफ्ना उत्पादन स्थगित गरेका छन्।

प्रकाशित: १ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार