इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार: सङ्ख्या बढ्यो, रकम घट्यो

  • Technology Khabar | २८ फाल्गुन २०७८, शनिबार
इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार: सङ्ख्या बढ्यो, रकम घट्यो

काठमाडौं ।

नेपालमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या बढेको र रकम भने घटेको छ।

हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको माघ महिनासम्मको प्रतिवेदनमा पुष मसान्तदेखि माघ मसान्तसम्मको एक महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार संख्या ११ हजार १३० ले बढेको देखिएको छ।

पुषभरी इन्टरनेट बैंकिङमार्फत् भएको जम्मा कारोबार २ लाख ५६ हजार २२८ रहेको थियो। यो सङ्ख्या माघ मसान्तसम्म आइपुग्दा २ लाख ६७ हजार ३५८ पुगेको छ।

सामान्य गणितका हिसाबले कारोबार संख्या बढेपछि रकम पनि बढ्नु पर्ने हो तर माघ महिनाभरीको इन्टरनेट बैंकिङमार्फत् भएको जम्मा कारोबार रकम भने घट्दो क्रममा गएको छ।

पुष मसान्तसम्म इन्टरनेट बैंकिङमार्फत् १३ अर्ब ४९ करोड ६० लाख रुपैयाँको कारोबार भएकामा एक महिनाको अवधिमा ५९ करोड ७० लाख रुपैयाँ घटेर १२ अर्ब ८९ करोड ९० लाख रुपैयाँमा झरेको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: २८ फाल्गुन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार