ट्विटरमा छिट्टै नयाँ फिचर थपिँदै, प्रयोगकर्ताले पोडकास्ट पनि गर्न सक्ने

  • Technology Khabar | २७ फाल्गुन २०७८, शुक्रबार
ट्विटरमा छिट्टै नयाँ फिचर थपिँदै, प्रयोगकर्ताले पोडकास्ट पनि गर्न सक्ने

काठमाडौं ।

आजकल पोडकास्टको चलन बढ्दै गएको छ। सोही विषयलाई ध्यानमा राखेर अब ट्विटरले पनि यो अडियो फिचर ल्याउने तयारी गरिरहेको छ।

ट्विटरको लाइभ अडियो उत्पादन स्पेसज पछिल्लो दुई वर्षमा बढ्दोरूपमा लोकप्रिय भएको छ। यसैलाई मध्यनजर गर्दै अब कम्पनीले आफ्ना प्रयोगकर्ताहरूलाई अर्को अडियो फिचर दिने भएको हो।

यद्यपि ट्वीटरको पोडकास्ट फिचर स्वतन्त्र फिचर हुनेछ वा स्पेसेजको नै एक्स्टेन्सन हुनेछ भन्ने अझै स्पष्ट भइसकेको छैन। रिभर्स इन्जिनियर जेन मन्चुन वाङले यो नयाँ फिचर देखेकी छन्। उनले यसको स्क्रिनसट पनि सेयर गरेकी छन् ।

नयाँ फिचरको स्क्रिनसट देखियो

रिभर्स इन्जिनियर जेन मन्चुन वाङद्वारा साझा गरिएको स्क्रिनसटमा, एपको तलको बार मेनुमा माइक्रोफोन आइकन देखिन्छ। यसमा ट्याप गर्दा, प्रयोगकर्ताहरूलाई ‘पोडकास्ट’ पेजमा रिडिरेक्ट गरिनेछ। यद्यपि, जेनको सो जानकारीमा नयाँ फिचरले कसरी काम गर्ने भन्ने बारे धेरै खुलासा छैन। पोडकास्ट ट्याब सबै प्रयोगकर्ताहरूका लागि उपलब्ध हुन केही समय लाग्नेछ।

स्पेसेजसँग एट्याच हुन सक्ने ट्याब

सन् २०२० मा ट्विटरले क्लबहाउस अडियो एपको लाइनमा स्पेसेज फिचर ल्याएको थियो। प्रयोगकर्ताहरूले यसलाई धेरै मन पराएका छन्। ट्विटरले सामाजिक पोडकास्ट प्लेटफर्म ब्रेकर कम्पनी अधिग्रहण गरेपछि अडियोमा आधारित सेवाहरूमा धेरै परिवर्तनहरू गरेको छ। पोडकास्टलाई सपोर्ट गर्नुको साथै, कम्पनीले सिर्जनाकर्ताहरूलाई कमाउने नयाँ अवसरहरू दिन सक्छ र पछि अडियो विज्ञापनहरूलाई पनि तिनीहरूको एक हिस्सा बनाउन सक्छ।

स्पेसेजमा रेकर्डिङ विकल्प

केही दिन अघि, ट्विटरले स्पेसेज फिचरमा नयाँ अपडेट दिएको थियो। यो अपडेट पछि, मोबाइल प्रयोगकर्ताहरूले च्याटरूम सिर्जना गर्न र यसमा भइरहेको कुराकानीलाई रेकर्ड गर्न सक्छन्। यसरी, स्पेसेज सत्र रेकर्ड गरेर पछि सुन्न वा पोडकास्ट जस्तै साझेदारी गर्न सकिन्छ। यो रेकर्डिङ ३० दिनको लागि मात्र सुरक्षित गरिएको हुनेछ।

प्रकाशित: २७ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार