चीनको ग्वाङ्डोङ शहरमा समातियो लुकाइएको क्रिप्टो माइनिङ केन्द्र

  • Technology Khabar | २७ फाल्गुन २०७८, शुक्रबार
चीनको ग्वाङ्डोङ शहरमा समातियो लुकाइएको क्रिप्टो माइनिङ केन्द्र

काठमाडौं ।

चीनमा स्थानीय अधिकारीहरूले क्रिप्टो गतिविधिहरूमा क्र्याक डाउन गरेपछि पहिलो पटक ग्वाङ्डोङ शहरमा लुकाएर संचालन गरिएको क्रिप्टो माइनिङ केन्द्र समातिएको छ।

पछिल्लो समय चीनमा क्रिप्टो गतिविधिहरूलाई कानूनीरूपमा दण्डनीय अपराधको रूपमा वर्गीकृत गरिएको छ। चीनका केही भागहरूमा बिजुली कटौती भएसँगै अधिकारीहरूले क्रिप्टो माइनिङको कारण हुनसक्ने आशंका गरेका छन्।

क्रिप्टोस्लेटको रिपोर्टअनुसार यस अवैध क्रिप्टो माइनिङ सेन्टरबाट १९० क्रिप्टो माइनिङ युनिट जफत गरिएको छ। तिनीहरूको कुल मूल्य लगभग ५० लाख चिनियाँ युआन रहेको छ। माइनिङ केन्द्र १,००० घण्टा भन्दा बढी समयदेखि सक्रिय थियो र यस अवधिमा ९० हजार किलोवाट भन्दा बढी बिजुली खपत गरेको छ।

विद्युतीय सवारी साधनका लागि भाडामा चार्जिङ स्टेसन उपलब्ध गराउने फर्मको नाममा सो क्रिप्टो माइनिङ केन्द्र चलाएको उल्लेख छ।

“विद्युत आपूर्ति विभागको सहयोगमा यो क्रिप्टो माइनिङ केन्द्र समातिएको छ र क्रिप्टो माइनिङ गतिविधिहरू तुरुन्तै बन्द गर्न भनिएको छ,” चाइना सेक्युरिटीज न्यूजले एक रिपोर्टमा भन्यो।

चीनले गत वर्ष क्रिप्टो गतिविधिहरूमा प्रतिबन्ध लगाएको थियो।

चिनियाँ पिपुल्स अदालतले गत महिना भर्चुअल मुद्रामार्फत कोष  जुटाउन फेरी प्रतिबन्ध लगायो र अब यो विधि गैरकानूनी छ। पछिल्लो समय चिनियाँ अधिकारीहरूले गोप्य रूपमा संचालित क्रिप्टो माइनिङ केन्द्रहरू समातिरहेका छन्। यसअघि जियाङ सहरमा छापा मारेर अवैध क्रिप्टो माइनिङ सेन्टर पत्ता लगाई ९१६ माइनिङ उपकरण जफत गरिएको थियो।

क्वाइनशेयर्सद्वारा जारी हालैको रिपोर्टले सुझाव दिएअनुसार बिटक्वाइन माइन गतिविधिको लगभग ६० प्रतिशत ईन्धनबाट उत्पादित बिजुली प्रयोग गर्दछ र यसले विश्वव्यापी कार्बन उत्सर्जनको ०.८ प्रतिशतको लागि योगदान गर्दछ।

प्रकाशित: २७ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Nepal unveils the upgraded Dominar 400 in grand launch event

  • Technology Khabar
  • २७ फाल्गुन २०७८, शुक्रबार