अमेरिकी प्रतिबन्धको उल्लङ्घन गरेको बारे चिनियाँ कम्पनी जेडटीईमाथि सोधपूछ हुनसक्ने

  • Technology Khabar | २२ फाल्गुन २०७८, आईतवार
अमेरिकी प्रतिबन्धको उल्लङ्घन गरेको बारे चिनियाँ कम्पनी जेडटीईमाथि सोधपूछ हुनसक्ने

काठमाडौं ।

चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी जेडटीईमाथि अमेरिकी प्रतिबन्धको उल्लङ्घन सम्बन्धमा सोधपूछ हुने भएको छ।

यो सोधपूछ आगामी मार्च १४ मा अमेरिकी संघीय अदालतमा हुने तय भएको छ। उक्त सोधपूछ कम्पनीले सन् २०१७ मा गल्ती स्विकारेपछि लागू भएको परीक्षणकालमा अमेरिकी प्रविधि इरानमा निर्यात गरेको आशंकामा हुने रोयटर्सले उल्लेख गरेको छ।

यो सम्भाव्य उल्लङ्घन भिसामा तोडमोड गर्नका लागि गरिएको षड्यन्त्र भएको मार्च ४ मा टेक्ससको संघीय अदालतमा बुझाइएको दस्तावेजमा उल्लेख छ।

उक्त दस्तावेज अनुसार जेडटीईका एक अनुसन्धान निर्देशकले षडयन्त्रपूर्वक चिनियाँ नागरिकलाई जे-१ भिसामा अमेरिका ल्याउन लागेको आरोप लगाइएको छ।

यस प्रकारको भिसा जर्जिया टेकलगायतका कम्पनीमा काम र पढाइका लागि प्रयोग हुने र ती चिनियाँहरु त्यतिबेला भने सोझै जेडटीईमा काम गर्न गएको दस्तावेजमा जनाइएको छ।

गी-कुङ चाङ नामका ती अनुसन्धाताले आफू दोषी नभएको फैसला गर्न पुनरावेदन गरेका थिए। जेडटीईका अनुसन्धान निर्देशक जियानजुन यूको अवस्था अझसम्म अज्ञात छ। उक्त मुद्दामा त्यतिबेला जेडटीईलाई दोषी करार नगरिएको रोयटर्समा उल्लेख छ।

प्रकाशित: २२ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार