लम्बिँदै गएको चिप अभावका कारण अटो निर्मातालाई सास्ती

  • Technology Khabar | १६ फाल्गुन २०७८, सोमबार
लम्बिँदै गएको चिप अभावका कारण अटो निर्मातालाई सास्ती

काठमाडौं ।

लम्बिँदो अवस्थामा रहेको चिप अभावका कारण अटो निर्माताहरुलाई बाँच्नका लागि नयाँ रणनीति बनाउनुपर्ने देखिएको छ।

अटोमोटिभ चिप आपूर्तिकर्ताहरु आफैं विभिन्न चुनाैतीहरुसँग जुध्नुपरेकाले उनीहरुले चिप निर्माण र मागबमोजिमको आपूर्ति गर्न नसकेका डिजिटाइम्सले उल्लेख गरेको छ।

विदेशी मिडिया रिपोर्टहरुका अनुसार २०२१ देखि चिप अभावले विश्वभरका अटो निर्माताहरुलाई बढी प्रभाव पारेको छ। अधिकांश कार निर्माताहरुले गत वर्ष आफ्ना लक्षित उत्पादन पूरा गर्न सकेनन्।

यस्तो स्थितिका कारण बीएमडब्लूले सन् २०२१ मा आफ्ना अधिकांश गाडीका सेन्ट्रल इन्फर्मेशन डिस्प्लेबाट टच फङ्शन हटायो। जीएमले एचडी रेडियो तथा वायरलेस चार्जिङ फिचर केही मोडलबाट निकाल्यो।

यी फिचर झिकिएपछि यी कम्पनीहरुले ५० देखि ५०० डलरसम्म क्षतिपूर्ति तिर्नुपर्यो।  मर्सिडिसज बेन्जले केही मोडलबाट वायरलेस चार्जिङ, लाइट तथा अडियो सिस्टम हटाउनु पर्यो।

यसबाहेक फक्सवागन, टोयोटालगायत चीनका विद्युतीय सवारी कम्पनीहरु पनि यो चिप अभावको मारबाट नराम्ररी प्रभावित छन्।

प्रकाशित: १६ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...