यूएसबी-सी पोर्टयुक्त पहिलो आईफोन १२ प्रो म्याक्स ई-बेमा बिक्रीका लागि उपलब्ध

  • Technology Khabar | १६ फाल्गुन २०७८, सोमबार
यूएसबी-सी पोर्टयुक्त पहिलो आईफोन १२ प्रो म्याक्स ई-बेमा बिक्रीका लागि उपलब्ध

काठमाडौं ।

यूएसबी-सी पोर्टयुक्त पहिलो आईफोन १२ प्रो म्याक्स स्मार्टफोन बिक्रीका लागि ई-बेमा उपलब्ध गराइएको छ।

स्लोभाकियाको डीप नामक एउटा कम्पनीले एप्पल आईफोन १२ प्रो म्याक्सलाई मोडिफाइ गरेर यूएसबी-सी पोर्टयुक्त बनाएपछि उक्त डिभाइस लिलामीका लागि उपलब्ध गराइएको गिज्मोचाइनाले जनाएको छ।

यो डिभाइसमा जस्तै एप्पलका सबै आईफोनमा यूएसबी-सी पोर्ट आउने अपेक्षा धेरै अपेक्षा गरिए पनि एप्पलले भने आईफोनहरुमा आफ्नै लाइटनिङ पोर्ट प्रयोग गर्दै आइरहेको छ।

एप्पलले आईप्याड तथा म्याकहरुमा भने यूएसबी-सी पोर्ट उपलब्ध गराउन थालिसकेको छ। तर आईफोन १२ सिरिजमा भने यो फिचर आधिकारिक रुपमा उपलब्ध छैन।

यसै हिसाबले डीप कम्पनीले मोडिफाइ गरेर यो फिचर राखेको हो। यसअघि पनि एउटा आईफोन एक्समा यूएसबी-सी पोर्ट राखेर ई-बेमा ८६ हजार डलरमा बिक्री गरिएको थियो।

प्रकाशित: १६ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...