२०२१ मा एप्पल आईफोनको आम्दानी सबैभन्दा बढी

  • Technology Khabar | १६ फाल्गुन २०७८, सोमबार
२०२१ मा एप्पल आईफोनको आम्दानी सबैभन्दा बढी

काठमाडौं ।

२०२१ मा वैश्विक स्मार्टफोन बजारको आम्दानी ४ खर्ब ४८ अर्ब डलर नाघ्ने भएको छ।

हालै काउन्टरप्वपाइन्ट रिसर्चले जारी गरेको एक रिपोर्टमा यस्तो आँकडा उल्लेख गरिएको गिजचाइनाले जनाएको छ।

यो आँकडा वार्षिक ७ प्रतिशत तथा मासिक २० प्रतिशतको वृद्धि हो भने यो वृद्धिदर हालसम्मकै कीर्तिमानी भएको पनि गिजचाइनाले उल्लेख गरेको छ।

यो समग्र आम्दानीको आँकडामा स्मार्टफोनतर्फ एप्पल शीर्षस्थानमा रहेको छ।

काउन्टरप्वाइन्टको तथ्याङ्कअनुसार सन् २०२१ मा स्मार्टफोनमार्फत् सर्वाधिक आम्दानी गर्ने वैश्विक ब्राण्डहरु यसप्रकार छन्:

  • एप्पल: १ खर्ब ९६ अर्ब डलर
  • सामसङ: ७२ अर्ब डलर
  • ओपो: ३७ अर्ब डलर
  • शाओमी: ३६ अर्ब डलर
  • भिभो: ३४ अर्ब डलर

यीमध्ये एप्पल आईफोनको आम्दानी वार्षिक ३५ प्रतिशतले बढेर १ खर्ब ९६ अर्ब डलर पुगेको छ। यससँगै एप्पलले विश्वको स्मार्टफोन आम्दानीको ४४ प्रतिशत हिस्सा ओगटेको छ।

प्रकाशित: १६ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...