ट्रुथ सोसल एप एप्पलमा सर्वाधिक डाउनलोड: ट्रम्पसम्बद्ध कम्पनीको शेयर मूल्य आकाशियो

  • Technology Khabar | ११ फाल्गुन २०७८, बुधबार
ट्रुथ सोसल एप एप्पलमा सर्वाधिक डाउनलोड: ट्रम्पसम्बद्ध कम्पनीको शेयर मूल्य आकाशियो

काठमाडौं ।

ट्रुथ सोसल एप एप्पलमा सर्वाधिक डाउनलोड भएपछि ट्रम्पसम्बद्ध विशेष उद्देश्यले स्वामित्व ग्रहण गर्ने एउटा कम्पनीको शेयर मूल्यमा निकै वृद्धि भएको छ।

ट्रुथ सोसल मिडिया सञ्चमलन डिजिटल वर्ल्ड अक्विजिशन कर्प नामक उक्त ब्ल्यांक-चेक कम्पनीको शेयर मूल्य मंगलबार १४ प्रतिशतले बढेको रोयटर्सले जनाएको छ।

उक्त एप गत आइतबार सार्वजनिक भएपछि एप्पलको एप स्टोरमा सर्वाधिक डाउनलोड भएको थियो।

उक्त एप सार्वजनिक भएपछि १ लाख ७० हजार डाउनलोड भएको अनुसन्धान संस्था एपटोपियाले जनाएको छ।

एपको सार्वजनिकीकरणले ट्विटर, गुगल र फेसबुकले प्रतिबन्ध लगाएपछि ट्रम्पको सामाजिक सञ्जालमा फिर्ति भनेर बुझ्न सकिन्छ।

डिजिटल वर्ल्ड्सको शेयर मूल्य १४ प्रतिशतले बढेर ९६.३६ डलर पुगेको आँकडा गत अक्टोबरमा उक्त संस्थाले आफूले ट्रुथ सोसलको सञ्चालक ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपसँग साझेदारी गरेको घोषणापछि चुलिएको आँकडासँग बराबर भएको रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: ११ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches exclusive bundle package for iPhone 18 buyers

  • Technology Khabar
  • ११ फाल्गुन २०७८, बुधबार