
काठमाडौं ।
तपाईँ आफैंले वा तपाईँका बालबालिकाहरुले स्मार्टफोन चलाउँदै गर्दा फोन ग्यालरीमा रहेका फोटो तथा भिडियो हेर्दै गर्दा भूलवश: फोटो वा भिडियो डिलिट हुन सक्छन्। ती फोटो तथा भिडियोहरु तपाईँका मनपर्नेमध्येका हुन सक्छन्।
यसो हुन गएमा फोनमा रिसाइकल बिन वा रिसेन्ट डिलिट फोल्डर उपलब्ध छैन भने ती डिलिट भएका फोटो-भिडियो रिकभर गर्न सकिँदैन।
यो समस्याको समाधानका लागि केही फोटो वा भिडियो रिकभरी एपहरु उपलब्ध छन्। यी एपहरुका सहायताले फोनबाट डिलिट भइसकेका फोटो, भिडियो वा अडियो फाइल पुन: खोज्न सकिन्छ।
यी फाइलहरु पत्ता लागिसकेपछि तिनीहरुलाई सेलेक्ट गरेर रिस्टोर गर्न सकिन्छ। आउनुहोस् यस्ता डिलिट भएका फोटो/भिडियो खोजेर रिस्टोर गर्न सघाउने केही एन्ड्रोइड एपहरुका बारेमा चर्चा गराैं।
| एप | साइज | डाउनलोड |
| डिस्कडिगर फोटो रिकभरी | ४.७ एमबी | १० करोड |
| फाइल रिकभरी-रिस्टोर फाइल्स | ७.३ एमबी | ५० लाख |
| फोटो एन्ड भिडियो एन्ड अडियो रिकभर | ५.४ एमबी | ५० लाख |
| डिलिटेड फाइल रिकभरी | ४.५ एमबी | १० लाख |
| फाइल रिकभरी-रिकभर डिलिटेड फाइल्स | ४.० एमबी | १० लाख |
डिलिट भएका फोटो भिडियो रिस्टोर कसरी हुन्छन्?
जब हामी आफ्नो फोनको कुनै पनि खालको डाटालाई डिलिट अप्शन थिचेपछिउक्त फाइल डिलिट हुन्छ, तर यो पूर्ण रुपमा नै नहराई इमेज फर्म्याटमा फोनभित्रै कतै स्टोर भएर बसेको हुन्छ।
जब हामी लगातार यस्ता फाइलहरु डिलिट गर्दै जान्छै तब बिस्तारै बिस्तारै डिलिट भएका नयाँ डाटाले पुराना डाटालाई सधैंका लागि हटाइदिन्छन्। यसको मतलब नयाँ इमेजले पुरानालाई प्रतिस्थापन गर्दछन्।
यस्तोमा डाटा सधैंका लागि फोनबाट हराउँछ। फोनलाई फैक्ट्री रिसेट वा फर्म्याट गरिएको खण्डमा पनि त्यस्ता डाटा सधैंका लागि फोनबाट डिलिट हुन्छन्।
यसरी काम गर्छन् एपहरुले
फोनबाट डिलिट भएका वा गरिएका फाइलहरुलाई फोनको अस्थायी मेमोरीबाट पुन: रिस्टोर गर्नु फोटो वा भिडियो रिकभरी एपको मुख्य विशेषता हो। यसका लागि यी एपहरुले प्रत्येक दिन यूजरको पहुँच नहुने र डिलिट भएका फाइलहरु अस्थायी रुपमा बस्ने भागलाई स्क्यान गरिरहेको हुन्छ।
स्क्यानका बेला यिनीहरुले मोबाइलको ग्यालरी वा फोटो, भिडियो अडियो फाइल रहेका अन्य फोल्डरलाई पनि सर्च रिजल्टमा समावेश गर्छन्।
यदि फोनमा रिसाइकल बिन वा रिसेन्ट डिलिट फोल्डर नभएको खण्डमा वा यूजरले ती फोल्डरबाट पनि डिलिट गरिदिएको खण्डमा भने यी एपहरुलेरिकभर गर्न सक्दैनन्।
प्रकाशित: २ फाल्गुन २०७८, सोमबार