
काठमाडौं ।
महिन्द्राले आफ्नो पूर्ण विद्युतीय संस्करण एक्सयूभी ३०० एसयूभी (XUV300 SUV) भारतमा लन्च गर्ने घोषणा गरेको छ। महिन्द्राको यो इलेक्ट्रिक कार २०२३ को तेस्रो वा चौथो त्रैमासिकमा लन्च हुन सक्नेछ।
यससँगै, भारतीय अटो उत्पादक कम्पनी महिन्द्राले छिट्टै कम्प्लीट ईभी (ईलेक्ट्रिक भेहिकल) रणनीतिलाई सार्वजनिक गर्ने बताएको छ। महिन्द्रा एक्सयूभी ३०० इलेक्ट्रिक एसयूभी लामो समयदेखि प्रतिक्षा गरिएको थियो।
महिन्द्राले भारतीय ईभी स्पेसमा सधैं पहिलो कदमको फाइदा पाएको छ, तर टाटा मोटर्स, हुन्डाई र एमजी मोटरको उत्पादनको नवीनता र आक्रामकताले महिन्द्रालाई पछाडि पारेको छ। योसँगै मारुती सुजुकीले पनि आफ्नो लोकप्रिय पारिवारिक कार वागनआर ईभी भारतमा लन्च गर्ने तयारी गरिरहेको छ ।
तर, महिन्द्राले नयाँ विद्युतीय गाडीको लाइनअपको साथ भारतीय बजारमा आफ्नो स्थान पुन: दाबी गर्ने प्रयास गरिरहेको छ।
भारतीय कार कम्पनी महिन्द्राले अटो एक्स्पोमा आफ्नो इलेक्ट्रिक एसयूभी ई-केयूभी १०० ल्याइसकेको छ। तर, महिन्द्राको यो इलेक्ट्रिक एसयूपीको उत्पादन भने अझै सुरु भएको छैन। साथै, कम्पनीले अर्को वर्ष २०२३ मा महिन्द्रा एक्सयूभी ३०० ईभी लन्च गर्ने तयारी गरिरहेको हो।
महिन्द्राको यो इलेक्ट्रिक कारले टाटा नेक्सन ईभी, एमजी जेडएस ईभी र हुन्डाई कोना ईभीसँग सीधा प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित: १ फाल्गुन २०७८, आईतवार